प्रवास

म्यानमार दशैँ: दशकौँ पछि म्यानमारका नेपालीले दशैँ मान्ने चलन

दीपक भट्टराई, रंगुन, म्यानमार अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ म्यानमारमा रहेका करिब सवा लाख नेपालीभाषीको साझा संस्था हो। त्यस संस्थाको धार्मिक विभागका उप प्रमुख मोहन भट्टराईले अक्टुबर १४ मा नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई एक निवेदन पठाए।उनले दुई, ढाई लाख नेपाली गोर्खालीहरू म्यानमारमा रहेको दाबी निवेदनमा गरे पनि म्यानमारको सरकारी तथ्याङ्क अनुसार यहाँ एक लाख पनि नेपालीभाषी छैनन्। तर विभिन्न कारणले जनगणनामा छुटेका समेतलाई गणना गर्दा सवा लाख जति नेपालीभाषी पुग्ने सामाजिक अगुवाहरू बताउँछन्। यो निवदेन परेको पाँच दिनपछि… पुरा पढौ

जापानमा ७४८ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

सन थापा, जापान, अक्टोवर २३ । जापानमा शुक्रबार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका संक्रमित यात्रु ७ सय १२ जना सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९६ हजार ७ सय सातजना पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित १ हजार ७ सय २३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा टोकियो, खानागावामा तीन(तीन, ओसाका, साईतामा, फुकुओका, गिफु,ओकिनावा र ईसिगावामा प्रान्तमा एक(एक गरी १२… पुरा पढौ

जापानमा ८८ हजार कोरोना संक्रमित सञ्चो भए, थप ११ जनाको मृत्यु

सन थापा, जापान, अक्टोवर २२ । जापानमा ८८ हजार ३ सय २५ जना कोरोना संक्रमित निको भएका छन् । जसमध्ये जापानभित्र संक्रमित भएका ८७ हजार ६ सय ६६ जना हुन् भने ६ सय ५९ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु हुन् । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित १ हजार ७ सय ११ जना पुगेको छ । पछिल्लो २४ घण्टामा टोकियोमा तीन, ओसाका र खानागावामा दुई(दुई, क्योतो, आईची, ओकिनावा र ईसिगावामा प्रान्तमा एक(एक… पुरा पढौ

विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु, कुल मृतकको संख्या २४३ पुग्यो

काठमाडौँ, २८ भदौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि… पुरा पढौ

कोरोना कहर, गुम्दै रोजगार

सन थापाजापान, साउन ३२ । गत मार्च महिनामा रोजगार (स्यूउस्योकु) भिसा प्राप्त गरेपछि रितेस (नाम परिवर्तन) फुरङ्ग थिए कि अब बिधार्थी भिसामा हुँदा गरेको संघर्षको अन्त्य र ढुक्कले काम मात्र गर्ने अभिलाषा सहित ।तर उनको यो खुशी २/३ महिनाभन्दा धेरै टिक्न सकेन । यही विचमा कोरोना संक्रमण (कोभिड–१९) विश्वव्यापी रुपमा फैलियो र विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश जापान पनि यसबाट अछुतो रहन सकेन । ओसाकास्थित एक होटलका पूर्णकालीन कामदार रहेका उनले तीन महिना जति तलब सुविधा पाए । त्यसपछि… पुरा पढौ

विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १ सय ९१ पुग्यो

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा मृत्यु हुने नेपालीको संख्या १९१ पुगेको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको निधन भएको थियो। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ। सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ। गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ। यस साता अष्ट्रेलिया… पुरा पढौ

कोरोना भाइरसको कारण विदेशमा थप १३ नेपालीको मृत्यु, विदेशमा मृत्यु हुनेको संख्या १४३ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक… पुरा पढौ