पोखरा, २० पुस । गत सेप्टेम्बरदेखि फैलिएको डढेलो कारण अस्ट्रेलियामा कयौँ वन्यजन्तु मरेको खबर प्राप्त भएका छन् । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीब्र गतिको हावाका कारण आगो अनियन्त्रित भएको हो । आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकिरहेको छैन । अस्ट्रेलिया यतिबेला वातावरणीय संकटमा गुज्रिएको छ । तीन महिनादेखि लागेको डढेलोका करण सयौं घरबारविहीन भए । निरन्तरको डढेलोका कारण ५० करोड वन्यजन्तुहरु मारिएको त्यहाँस्थित इकोलोजिस्टहरुले दाबी गरिरहेका छन् । डढेलोका कारण त्यहाँका संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु विनाशको अवस्थामा पुगेको…
पुरा पढौ