खेलकुद

आहा १ रारा पोखरा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स आज भिड्दै

पोखरा । आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता उपाधिको लागि भिडन्त आज शनिबार हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं श्रृङ्लाको उपाधि भिडन्तमा नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव बीच आमनेसामने हुँदैछन् । दुवै टिमका लागि यो ईतिहास रच्ने अवसर हुनेछ । नेपाल पुलिस क्लव आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्बाधिक ६ पटकको उपाधि बिजेता हो । पुलिससँगै मनाङ मस्र्याङ्दी क्लवपनि समान ६… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रद्वारा एपीएफ पराजित

पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ । सहारा क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरी बलको एपीएफलाई २–० गोल अन्तर पराजित गरेको हो । खेलको दोस्रो हाफको ७४ औं मिनेटमा आदित्य शाक्य र ८१ औं मिनेटमा स्टेफेन कमाहाले गोल गरेपछि मच्छिन्द्र क्वार्टरफाइनल प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो… पुरा पढौ

एपीएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपीएफलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७(२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५-१६… पुरा पढौ

टाइगर कप भलिबल: टाइगर ग्रुप पोखरा फाइनलमा

आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेट १६–२५ अङ्कले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९ अङ्कले, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ अङ्कले आफ्नो पक्षमा पारेको… पुरा पढौ

आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा यही माघ २२ देखि  फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । चौबिसौँँ संस्करणको यो प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।  प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब,… पुरा पढौ

पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छ: सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।  पोखरा रंगशालामा आजदेखि सुरु पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारको सपना पोखरालाई सबै हिसाबले समृद्ध बनाउने रहेको उल्लेख गरे । “गण्डकी प्रदेश स्रोत र साधनले सम्पन्न छ । मानवीय प्रयासले अझ शान्त र सभ्य, समृद्ध बनाउने हाम्रो सपना छ । पर्यटकीय राजधानीसँगै पोखरालाई खेलकुदको… पुरा पढौ

टाइगर कपको टिकट इसेवाबाट काट्न सकिने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । भारतको सुनिल भलिबल क्लब आउन ढिलाई हुँदा ट्राई सिट… पुरा पढौ