खेलकुद

गण्डकीलाई राईनो संरक्षण गोल्डकपको उपाधि

त्रिवेणी (नवलपरासी), १० फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –२, स्थित राईनो रङ्गशालामा जारी प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई एकका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले उचालेको हो । बुधबार भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल सुरु भए लगतै खेलको ४७ औँ मिनेटमा गण्डकी प्रदेशका जर्सी नम्बर ६ का खेलाडी मुकुन्द न्यूरेले पहिलो गोल गरि… पुरा पढौ

एमएम कप राष्ट्रिय क्रिकेट : मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

कास्की, ८ फागुन । मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि मधेसले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरले रु ५० हजार… पुरा पढौ

१८ औं संस्करणको पोखरा म्याराथनमा केन्याली धावक जुलियास मुरियाली वाहोम प्रथम

पोखरा । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा केन्याली धावक जुलियास मुरियाली वाहोम प्रथम भएका छन् । वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन् । त्यस्तै द्वितीय र तृतीय स्थान पनि केन्यालीले नै कब्जा जमाएका छन् । केन्याकै इसाक किहारा कमिरीले २ घण्टा १९ मिनेट ४३ सेकेण्डको समयमा निर्धारित दूरी पारी गरी द्वितीय भएका छन् भने इडविन किप्लागटले २ घण्टा २० मिनेट २३ सेकेण्डमा पार गरी तेस्रो भए ।… पुरा पढौ

पोखरा म्याराथनको तयारी पूरा, म्याराथन रुटमा ३ घण्टा गाडी नचलाउन आग्रह

पोखरा, ३ फागुन । पर्यटकीय नगरी पोखरामा आगमी शनिवार ५ फागुनमा १८औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । आयोजक भूतपूर्व खेलाडी मञ्चलले पत्रकार सम्मेलनमार्फत १८ औं संस्करण तयारी पूरा भएको जानकारी दिएको छ । यसपटक १०८ जना म्याराथनमा सहभागी हुने आयोजकले जानकारी दिए । त्यस्तै हाफ म्याराथनमा एक सय ७८ जना, पाँच किमी पुरुषमा नौ सय ९० जना र महिलामा चार सय ८६ जना, १० किमी पुरुषमा एक सय २९ जना र १० किमी महिलामा २९ जना सहभागी बन्नेछन्… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान फुटबल: पोखराको सङ्गम र काठमाडौँको जोरपाटी च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको ‘बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड’ फुटबल प्रतियोगितामा पोखराको सङ्गम भेट्रान र काठमाडौँको जोरपाटी भेट्रान च्याम्पियन बनेका छन् । पोखराको टुँडिखेलस्थित खेलमैदानमा शनिवार सम्पन्न फाइनलमा प्रतियोगिताको ४० वर्ष उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समूहमा सङ्गम च्याम्पियन बनेका हुन् । प्रतियोगिताको ४० वर्षमाथिको फाइनल खेलमा जोरपाटीले नागस्वेती भेट्रान हेटौँडालाई सडन डेथमा हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत समान दुई–दुईको बराबरीपछि सडनडेथमा खेलको… पुरा पढौ

क्यानाडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो।  २२४ रन बनाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान दिए।  त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४ बनाए।… पुरा पढौ

आहा! रारा पोखरा गोल्डकप: आर्मी नयाँ च्याम्पियन

पोखरा । पोखरामा सम्पन्न भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा पहिलो पटक त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले पहिलो पटक उपाधि जितेको हो । शनिबार फाइनलमा पाँचौं पटकसम्मको विजेता थ्रिस्टारलाई ३–० गोलअन्तरले पराजित गर्दै २० वर्षपछि आर्मीले पहिलो पल्ट उपाधि चुमको हो । विभागीय आर्मी यसअघि चार पल्ट फाइनल पुगेर पनि उपाधिबाट वञ्चित थियो । आर्मीले उपाधिसहित नगद १२ लाख प्राप्त ग¥यो । २०६५… पुरा पढौ