खेलकुद

आहा रारा गोल्डकप : आजदेखि क्वाटरफाइनलका खेल

गण्डकी, १३ माघ । पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले… पुरा पढौ

आहा! रारा पोखरा गोल्डकपः थ्री स्टारको विजयी सुरुवात

पोखरा । पोखरामा आजदेखि सुरु भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल उद्घाटन खेलमा आयोजक सहारा क्लब थ्रीस्टार क्लबसँग पराजित भएको छ । थ्री स्टार क्लबले आयोजक सहारा क्लबलाई २–१ गोल अन्तरले हराउँदै आहा! रारा पोखरा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । थ्री स्टारको जीतमा योगेश गुरुङ र एञ्जल महर्जनले समान १÷१ गोल गरे भने सहाराका लागि आशिष गुरुङले सान्त्वना १ गोल फर्काए । खेलको छैटौ मिनेटमा योगेशको गोलमा थ्रीस्टारले सुरुवाती अग्रता बनाएको थियो । खेलको… पुरा पढौ

आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटन खेलमा सहारा र थ्री स्टार भिड्ने

पोखरा, ७ माघ । २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा भएको छ । सहारा क्लब पोखराले माघ ९ देखि २० गतेसम्म आयोजना गर्ने २३ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । मोफसलकै चर्चित आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टार क्लबबीच हुने भएको छ । १२ टिमले भाग लिएको प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता… पुरा पढौ

‘चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा…

कास्की, ७ माघ । पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, “अर्को वर्ष दर्शकले चाहेजस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि जित्नेगरी आउनेछौँ ।” फाइनलमा कडा टक्कर दिए पनि न्यूडायमण्डले विभागीय टोली एपिएफलाई हराउन सकेन । एपिएफले उपाधिमा ह्याट्रिक गर्दा न्यूडायमण्ड भने उपविजेतामा सीमित हुन पुग्यो । न्यूडायमण्डको उपाधि चुम्ने सपना यस वर्ष पूरा नभए पनि प्रशिक्षक राई निरास भने हुनुहुन्न । खेलाडीको प्रदर्शन… पुरा पढौ

एपिएफ र हेल्प नेपाललाई टाइगर कप राष्ट्रिय भलिबलको उपाधि

पोखरा, ६ माघ । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा आयोजना भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को उपाधि चुमेको छ । पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यूडायमण्ड क्लब काठमाडौँलाई सोझो सेटमा पराजित गरी साविक विजेतासमेत रहेको एपिएफ च्याम्पियन बनेको हो । यससँगै एपिएफले उपाधिमा ह्याट्रिक गर्न सफल भयो । उपाधिसँगै एपिएफले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

काठमाडौँ, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ः १५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ः १५ बजे सुरु हुने छ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ः०० बजे सुरु हुने छ । हालसम्म सम्पन्न खेलको नतिजाअनुसार… पुरा पढौ

२३ औं आहा ! रारा पोखरा गोल्डकप माघ ९ गतेदेखि

पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८० आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौँ’ भन्ने उद्घोषका साथ सहारा क्लबले २३ वर्षदेखि पोखरामा आहा रारा गोल्ड कप गर्दै आएको छ । प्रतियोगितामा २ विदेशीसहित १२ टिमले सहभागिता जनाउने भएका छन् । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने विदेशी टोलीमा भारतको दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब भएको जनाएको हो । ए… पुरा पढौ