म्याग्दी, २९ पुस । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचित धार्मिक र पर्यटकीय स्थल हुन् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुस्ताङमा अन्य थुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् । स्थलमार्गबाट मुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुमा रहेको थासाङ गाउँपालिका ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जुटेको छ ।…
पुरा पढौ