पर्यटन

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

फुङ्लिङ, ७ पुस । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई… पुरा पढौ

पोखरा सडक महोत्सव हुँदै

काठमाडौँ, ६ पुस । नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो । रेवान पोखराले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पाँच… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

काठमाडौँ, २ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे । उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र… पुरा पढौ

व्यवसायी–पाइलट विवादले पोखराको प्याराग्लाइडिङ बन्द

पोखरा । साहसिक पर्यटनका लागि पोखराको पर्याय प्याराग्लाइडिङ आन्तरिक विवादका कारण बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि उडान बन्द गरिदिएको हो । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले आफू खुशी दर तोकेर बुकिङ गर्न पाउने गरी खुला गरिदिएपछि विवाद उत्पन्न भएको छ । बुकिङ खुला गर्ने र नगर्ने पक्षमा प्याराग्लाइडिङ कम्पनीहरु विभाजित छन् । सोही विवादका कारण देखाएर पाइलटले प्याराग्लाइडिङ नउडाउने निर्णय गरेका छन् । शुक्रबारदेखि पोखराको आकासमा प्याराग्लाइडिङ ठप्प छ । पोखराको आकाशमा दैनिक सरदर… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

चितवन, १ पुस । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो… पुरा पढौ

आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘जाउँ है पोखरा’

गण्डकी, ३० मङ्सिर । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल सङ्घ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ । कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन… पुरा पढौ

पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे

पर्वत, २९ मङ्सिर । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकै रहे पनि सहज सडक पूर्वाधार तथा पदमार्गको अभावमा पपर्यटक पुग्न सकेका छैनन् । समुद्री सतहबाट दुई हजार पाँच… पुरा पढौ