नेपाल प्रहरी

पोखरामा ज्यान मार्ने धम्की दिदैं करोडौं फिरौती माग्ने दुई जना पक्राउ

पोखरा । ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पोखराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका २ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरमा डेरागरी बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका १४ आर्थर घर भई हाल हाल सिमलचौरमै डेरामा बस्दै आएका ४२ वर्षीय दिपक बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुलेले पोखरामहानगर पालिका वडा नम्बर १६ लामाचौरस्थित सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाश दीप गैरेसँग… पुरा पढौ

गौशाला–२६ को गोपनियता भङ्ग गरेको आरोपमा एक पक्राउ

काठमाडौँ, ३ माघ । गौशाला–२६ को व्यक्तिगत गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले आज पक्राउ गरेको हो । ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने, “राईलाई आजै सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको र आजै काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” सामाजिक सञ्जालमा आफ्नो… पुरा पढौ

बालिकालाई यौनजन्य कार्यमा लगाउने पक्राउ

काठमाडौँ, ६ पुस । ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका चार जना बालिकालाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो । आर्थिक अवस्था… पुरा पढौ

सांसद अरुण चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम

काठमाडाै‌ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्। १० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 'उनी २०६६ देखि आजसम्म कहीँ कतै फरार नरहेको यो बीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्। त्योबीचमा राज्य तथा… पुरा पढौ

खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

इनरुवा, ६ माघ । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।… पुरा पढौ

काठमाडौँको नाकामा प्रहरी निगरानी, ठूलो परिमाणको लागुऔषधसहित १० पक्राउ

काठमाडौँ । अवैध रूपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौँको सिमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ। पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।  उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।  उनका अनुसार उनीहरूको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार… पुरा पढौ

डिएसपी केसी निलम्बित

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि… पुरा पढौ