बाढी/पहिरो

बाह्रबिसे पहिरो अपडेटः ११ को मृत्यु, २० जना बेपत्ता

चौतारा, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु विक, शुकुलाल विक, सन्देश विक, धनलाल नेवार, भक्तिमाया श्रेष्ठ, ल्याङ्सी तामाङ, ज्ञानीमाया प्रधान, सरस्वती विक, करण श्रेष्ठ र सर्किनी नेवारको पहिचान भएको छ । अन्य २० जना अझै बेपत्ता नै छन् । उनीहरुको खोजीकार्य भइरहेको छ ।… पुरा पढौ

बाह्रबिसे पहिरो अपडेटः ३ शव भेटिए, ५ जनाको जीवितै उद्धार

काठमाडौं । बाह्बिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । सोही पहिरोमा तीन जनाको शव भेटिएको छ । सो स्थानमा कम्तीमा पनि २७ जना बेपत्ता भईरहेको हुन सक्ने प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिए । पहिरोले पुर्याएको जनधनको क्षति बिवरण संकलन गरिरहेको न्यौपानेले बताए । नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् । आज राती बस्तीमाथिबाट आएको पहिरोले… पुरा पढौ

प्रदेश सरकारले ढोरपाटन बाढी पीडितलाई ५० हजारका दरले राहत उपलब्ध

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् । शनिवार ढोरपाटन नगरपालिका–९ भुजीखोलाको बाढीपहिरो प्रभावित क्षेत्रमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानका साथ पुगेका मुख्यमन्त्री गुरुङले पीडितहरुलाई भेटेर प्रदेश सरकारले सहयोग गर्ने बताए । बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्काल १ लाख रुपैयाँ सहयोग गर्ने उनले बताए । यसमा पालिका र संघको पनि सहयोग हुने बताए । बाढीपहिरोका कारण आफन्त गुमाएका र घरबारविहिन… पुरा पढौ

भुजीखाेला पहिराेमा शव भेटिएका ४ जनाको सनाखत

बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये ४ जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको… पुरा पढौ

बाग्लुङ ढोरपाटन पहिरोः ८ जनाको शव भेटियो (अपडेट)

बागलुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ४० जना अझै बेपत्ता रहेका छन् । शव भेटिएकामध्ये २ जनाको मात्रै सनाखत भएको छ । उनीहरु ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक र अन्दाजी ४६÷४७ वर्षीय करबहादुर बिक रहेको प्रहरीले जनाएको छ । शव कतै पुलको लाठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनाराको बालुवामा भेटिएको छ । शवहरु क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको… पुरा पढौ

बागलुङको बाढीपहिरो घटनाप्रति प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रमुख शेरचनले एक विज्ञप्ति जारी गरी ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का दर्जनौं घरलगायतका भौतिक संरचना बगाएको तथा दर्जनौं बेपत्ता भएको खबरले स्तब्ध पारेको उल्लेख गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘बाढीमा परी बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्दारका लागि खट्नुहुने स्थानीय प्रशासन, नेपाली सेना,… पुरा पढौ

लिदी पहिरोः थप ३ शव फेला, ज्यान गुमाउनेको संख्या २८ पुग्यो

गएको शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिराेमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ। योसँगै लिदी पहिरोमा बेपत्ता भएकामध्ये २८ जनाको शव फेला परेको छ। पहिरोमा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। पछिल्लो पटक एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो। हालसम्म शव… पुरा पढौ