मिलेनियम पदमार्ग

सहस्राब्दी पदमार्गका बन्दाबन्दी खुकुलो भएसँगै रोकिएका काम सम्पन्न

Ghumante Team- Mardi News
पोखरा, १४ असार । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी जारी गरि लामो समयपछि खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)का कामहरु सम्पन्न भएका छन । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो नेपालकै पहिलो मध्यपहाडी पदमार्ग (मिलेनियम ट्रेक) मा विकासको काम अघि बढिरहेको समयमा एकाएक कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले सम्पूर्ण काम रोकिएको थियो । चैत ११ गतेदेखि सरकारले जारी बन्दाबन्दीका कारण रोकिएको विकास निर्माण कार्यलाई सुचारु गर्ने निर्णय बमोजिम जेठ… पुरा पढौ

सहस्राब्दी पदमार्गमा बन्दाबन्दी खुकुलो भएसँगै रोकिएका काम अन्तिम चरणमा

पोखरा, ३ असार । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी जारी गरिएको भए पनि विकास निर्माणका कामलाई अघि बढाउने गरी केही खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा रोकिएका कामलाई तीव्रता दिई अन्तिम चरणमा पुगेको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो नेपालकै पहिलो मध्यपहाडी पदमार्ग (मिलेनियम ट्रेक) मा विकासको काम अघि बढिरहेको समयमा एकाएक कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले सम्पूर्ण काम रोकिएको थियो । चैत ११ गतेदेखि सरकारले जारी… पुरा पढौ

मनै लोभ्याउने नेपाली चेरी ‘पैयुँ’

पोखरा: ढकमक्क फूलेको हिमाली चेरी । भिरालो पाखा केही माथि उक्कलेपछि चिसो सिरेटोसँगै देखिन्छ लामो हिमश्रृङ्खला । केही तल अर्थात् पूर्वीदक्षिणमा देखिन्छ झुरुप्प भएको सानो गाउँ चन्द्रकोट । स्याङ्जा बजारदेखि ८ किलोमिटरको यात्रा गरेपछि पुगिन्छ यस ठाउँमा । पेल्काचौर मैदान हुँदै डाँडा गाउँ छिचोलेर जानुपर्छ चन्द्रकोट गाउँ । साबिक पेल्काचौर गाविसमा रहेको यस डाँडागाउँ र चन्द्रकोट गाउँको बीच भागमा फूल्दछ नेपाली चेरी अर्थात् पैयुँ । यो ठाउँ मिलेनियम पदमार्ग अन्तर्गत पर्दछ । यतिखेर नेपालका थुप्रै पहाडी ठाउँमा पैयुँ ढकमक्क फूलेको… पुरा पढौ