कोरोना

पोखराका १४ सहित गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण

पोखरा । पोखराका १४ जनासहित गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीमा १४ जना र नवलपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा ३ हजार ८ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिमा ५ जना महिला र ९ जना पुरुषमा, नवलपुरको विनयत्रिवेणीमा ३ जना महिला र १ जना पुरुषमा कोरोना संक्रमण… पुरा पढौ

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १० लाख पुग्यो

पोखरा, १३ असोज । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वमा सोमवार बिहानसम्म ज्यान गुमाउनेको संख्या १० लाख ८ सय २६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा सोमवार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ५ हजार ६२ जना पुगेको छ । त्यस्तै ब्राजिलमा १ लाख ४२ हजार… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख

पोखरा, १३ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ७९ हजार ४८८ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ४७ हजार ७५१ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७४ हजार ७०२ पुगेको छ । तेस्रो… पुरा पढौ

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

पोखरा, १२ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । देशभर आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४८१ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र २ जना पुरुष रहेका छन् । मृतकमा महिलामा सुनसरीका ३८ र भक्तपुरका ५१ वर्षीया गरी २ जना रहेका छन् । यस्तै पुरुषहरुमा बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुष गरी २ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ… पुरा पढौ

थप १३५१ जनामा कोरोना संक्रमण, ७४२ जना डिस्चार्ज

पोखरा, १२ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा १० हजार ९ सय २९ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ जना रहेको प्रवक्ता गौतमले बताए । यससँग नेपालमा सक्रिय संक्रमित संख्या १९ हजार ६ सय २४ जना रहेको छ ।… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २९ लाख

पोखरा, १२ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २९ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २९ लाख ७७ हजार ५५६ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख १३ हजार ६८९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९२ हजार ५३२ पुगेको छ । तेस्रो… पुरा पढौ

अख्तियारका दुई कर्मचारीसहित गण्डकीमा फेरि ३३ जना संक्रमित थपिए

पोखरा । अख्तियारका २ कर्मचारीसहित गण्डकी प्रदेशमा फेरि ३३ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो पटक जारी विज्ञप्ती अनुसार कास्कीका ३ सहित गण्डकी प्रदेशका ६ जिल्लामा गरी ३३ जना कोरोना संक्रमित थपिएको हो । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा अख्तियारका दुई कर्मचारीसहित कास्कीमा ३ जना, लमजुङका ५ जना, स्याङ्जाका २ जना, नवलपुरका १५, तनहुँका ६ र पर्वतका २ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपरासी (ब.सु.पू.), कावासोती–६ का ३८… पुरा पढौ