कोरोना

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

पोखरा, ७ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । देशभर आज थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४३६ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ६ जना पुरुष रहेका छन् । मृतकमा महिला काठमाडौंकी ६८ वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, काठमाडौंका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय र बर्दियाका ३९ र ६४ वर्षीय २ पुरुष गरी ६ पुरुषको मृत्यु… पुरा पढौ

गण्डकी प्रदेशमा फेरि थप ३१ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा फेरि ३१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको बुधवार दोस्रोपटक जारी विज्ञप्तिअनुसार प्रदेशभर ५ जिल्लाका ३१ जना संक्रमित थपिएको हो । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीका ५, स्याङ्जाका ३, तनहुँका ११, बागलुङका ८ र पर्वतका ४ जना गरी ३१ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । संक्रमितमध्ये पर्वत जिल्ला, कुश्मा नगरपालिकाका ३ जना पुरुषहरु नेपाल आर्मीमा… पुरा पढौ

थप ११७२ जनामा कोरोना संक्रमण, १८९३ जना डिस्चार्ज

पोखरा, ७ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ९ हजार १ सय ८६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार ४ सय १४ जना रहेको छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको बुधवार जारी पछिल्लो विवरणअनुसार प्रदेशभर संक्रमितको संख्या ३५४८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २५ जना नयाँ संक्रमित थपिएका हुन् । नया संक्रमितहरु कास्कीका ९ जना, नवलपुरका १, स्याङ्जाका ३, म्याग्दीका १, तनहुँका ४, लमजुङका ५ र बागलुङका २ गरी २५ जना भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबै संक्रमित व्यक्तिहरूलाई आइसोलेसन केन्द्रमा लैजाने… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख

पोखरा, ७ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ७८ हजार ३८७ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ लाख ९४ हजार ५८६ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख ६२ हजार ६६३ पुगेको छ । तेस्रो… पुरा पढौ

५ प्रहरीसहित पोखरामा थप ११ लाई कोरोना पुष्टि

पोखरा । पोखरामा फेरि थप ११ जनासहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगर वडा नम्बर ७ मा कार्यरत ५ जना प्रहरीसहित पोखराका थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा ३ का २ पुरुषसहित १ महिलालाई संक्रमण पुष्टि भएको छ । उनीहरु भारतसहित सुनसरी तथा सप्तरीबाट पोखरा आएका हुन् । संक्रमितहरु क्वारेनिटनमा नै रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसैगरी पोखरा महानगरपालिका १४ का २ महिलासहित १… पुरा पढौ

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

पोखरा, ६ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । देशभर आज थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र १ जना पुरुष रहेका छन् । मृतकमा काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् । पुरा पढौ