कोरोना

थप १३५६ जनामा कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज

पोखरा, ६ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।… पुरा पढौ

पोखराका ८ जनासहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

पोखरा, ६ असोज । पोखराका ८ जनासहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले तेस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार प्रदेशका कास्कीका ८ र तनहुँका २ जना गरी १० जना संक्रमित थपिएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ८ जना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये पोखरा महानगर १३ र ८ का २ जना पुरुष र तनहुँ जिल्ला, शुक्लागण्डकी–७ का ३९ पुरुष गरी ३… पुरा पढौ

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

पोखरा, ६ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लो पटक जारी गरेको अध्यावधिक विवरणअनुसार प्रदेशका ३ जिल्लामा गरी ११ जना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा लमजुङका ६ जना, तनहुँका ४ जना र बागलुङका १ जना गरी ११ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमध्ये बाग्लुङ जिल्ला, बरेङका १९ वर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर–९ का २८ वर्षीय पुरुष, बेसीसहर ४ का ३० वर्षीय पुरुष र तनहुँका… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८२ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८२ पुगेको छ । प्रदेशमा मंगलबार तीन जना संक्रमित थपिएसँगै उक्त संख्या पुगेको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पर्वतका ३ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु जिल्लाको कुश्मा नगरपालिका ७ का १९, २० तथा ३३ वर्षीय ३ जना पुरुष रहेका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सबै संक्रमितलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैइरहेको निर्देशक… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख

पोखरा, ६ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख २२० जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ लाख ३३ हजार ७२२ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८७ हजार ५८० पुगेको छ । तेस्रो स्थानमा रहेको… पुरा पढौ

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

पोखरा, ४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । देशभर आज थप १६ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२७ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र १३ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मकवानपुरका १७ वर्षीया, ललितपुरका ५८ वर्षीया र दोलखाका ५२ वर्षीया गरी ३ महिला रहेका छन् । यस्तै पुरुषहरुमा झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ६२ र ८४ वर्षीया… पुरा पढौ

थप ११५४ जनामा कोरोना संक्रमण, १००५ जना डिस्चार्ज

पोखरा, ५ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार ६ सय ११ जना रहेको छ ।… पुरा पढौ