नेपाल प्रहरी

बालबालिकाको मुन्द्रा र रिङ लुट्ने महिला पक्राउ

काठमाडौं । बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने र लुटिएका मुन्द्रा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले म्याग्दी घर भई काठमाडौं बालाजुमा बस्ने ३२ वर्षीय संगीता क्षेत्री र काभ्रे घर भई ललितपुरको सौगलमा बस्ने मुरली बिकलाई मंगलबार पक्राउ गरेको हो। क्षेत्रीलाई बालबालिकाको कानको मुन्द्रा लुटपाट गरेको आरोपमा गोकोर्णेश्वर नगरपालिका-८ माकलवारी र लुटिएका मुन्द्रा खरिद गर्ने बिकलाई ललितपुर महानगरपालिका-६ कनिवहालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । पक्राउ परेकी क्षेत्रीले बालबालिकाहरुलाई चकलेट/आईसक्रिम… पुरा पढौ

प्याजको कालोबजारी गरेको अभियोगमा पक्राउ

बारा, २ असोज । प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका–१ स्थित खुशी स्टोरका संचालक सोही ठाउँ बस्ने चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा प्रतिकिलो ४३ रुपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरेको हो । स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो प्याज समेत… पुरा पढौ

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, ३० भदौ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुपा गाउँपालिका–५ देउराली बस्ने ५७ वर्षीय केशबहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ… पुरा पढौ

सवारी पास किर्ते गरी ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २७ भदौ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय बिश्व प्रकाश पनेरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विदेशमा अलपत्र परी उद्दार गरिएका यात्रुहरुलाई आ-आफ्नो घर ठेगानामा पठाउनका लागि कोभिड-१९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाडौंबाट जारी गरिएको होल्डिङ सेन्टरबाट दिइने सवारी पास पनेरुले किर्ते सहिछाप गरी सर्वसाधारणलाई प्रति थान दुई हजार रुपैयाँमा… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण गरेका छन् । आइतबार एक समारोहका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूका लागि उपलब्ध गराइएका सवारी साधनहरूलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेका हुन् । प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरूलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरूमा आत्मनिर्भर बनाई चुस्तदुरुस्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा… पुरा पढौ

डिआइजी निरज शाही र प्रद्युम्न कार्की एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेका छन । गृह मन्त्रालयले रिक्त रहेको २ पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो । पुरा पढौ

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।  नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो । पुरा पढौ