कोरोना

नेपालमा एकैदिन २१२० जनामा कोरोना संक्रमण, २०४४ जना डिस्चार्ज

पोखरा, १७ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा ११ हजार ५ सय २९ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २१ हजार ३ सय २ जना रहेको छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

पोखरा, १७ असोज । पोखराका १० जनासहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार बिहान जारी विज्ञप्तिअनुसार पोखराका १० सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी १७ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीका १०, गोरखाका ५ र तनहुँका २ जना रहेका छन् ।… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख

पोखरा, १७ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शनिवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख ९५ हजार ३७२ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७३ लाख ३१ हजार २४१ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख ९४ हजार ६८ पुगेको छ । तेस्रो… पुरा पढौ

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

पोखरा, १६ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२० पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन् । मृतकमा महिलामा भक्तपुरका ५१ र ६१ वर्षीया, काठमाडौंका ६७ र सुर्खेतका ७५ वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ र ७० वर्षीय गरी दुई जना, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६०… पुरा पढौ

नेपालमा एकैदिन २७२२ जनामा कोरोना संक्रमण, २०४४ जना डिस्चार्ज

पोखरा, १६ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा ११ हजार ७ सय ६० जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७४ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २१ हजार २ सय ३४ जना रहेको छ ।… पुरा पढौ

पोखराका ७ जनासहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

पोखरा । पोखराका ७ जनासहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शुक्रवार जारी विज्ञप्तिअनुसार पोखराका ७ सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी ११ जना कोरोना संक्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका २ जना र स्याङ्जाका २ जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयल गण्डकीले जनाएको छ । पोखरा स्वास्थ्य… पुरा पढौ

गण्डकी प्रदेशमा आज मात्रै ६५ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आज बिहीबार मात्रै ६५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ७ जिल्लाका ६५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण हुनेमा सबैभन्दा धेरै कास्कीका रहेका छन् । कास्कीमा मात्रै आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमण पुष्टि हुनेमा बागलुङका १६, लमजुङका १०, तनहुँ र नवलपुरका ५/५, स्याङ्जा र म्याग्दीका ३/३ जना रहेका छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ९… पुरा पढौ