बाढी/पहिरो

बाग्लुङ ढोरपाटन पहिरोः ८ जनाको शव भेटियो (अपडेट)

बागलुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ४० जना अझै बेपत्ता रहेका छन् । शव भेटिएकामध्ये २ जनाको मात्रै सनाखत भएको छ । उनीहरु ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक र अन्दाजी ४६÷४७ वर्षीय करबहादुर बिक रहेको प्रहरीले जनाएको छ । शव कतै पुलको लाठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनाराको बालुवामा भेटिएको छ । शवहरु क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको… पुरा पढौ

बागलुङको बाढीपहिरो घटनाप्रति प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रमुख शेरचनले एक विज्ञप्ति जारी गरी ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का दर्जनौं घरलगायतका भौतिक संरचना बगाएको तथा दर्जनौं बेपत्ता भएको खबरले स्तब्ध पारेको उल्लेख गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘बाढीमा परी बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्दारका लागि खट्नुहुने स्थानीय प्रशासन, नेपाली सेना,… पुरा पढौ

लिदी पहिरोः थप ३ शव फेला, ज्यान गुमाउनेको संख्या २८ पुग्यो

गएको शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिराेमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ। योसँगै लिदी पहिरोमा बेपत्ता भएकामध्ये २८ जनाको शव फेला परेको छ। पहिरोमा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। पछिल्लो पटक एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो। हालसम्म शव… पुरा पढौ

सिन्धुपाल्चोक पहिरोः ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । निरन्तरको वर्षापछि माथिबाट आएको पहिरोले पुरिएर आठ जना बेपत्ता भएका हुन । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रहरी प्रमुख प्रज्ववल महर्जनले जानकारी दिए । पुरिएका मध्ये एक जना भारतीय र अन्य वीरगञ्जका रहेको उनले बताए । पहिरोबाट भारतिय नागरिक बारु साहको उद्दार गरि अहिले मेलम्ची… पुरा पढौ

गुल्मीमा पहिरो, एकै घरका चार जनाको मृत्यु

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । घटना शुक्रबार राति करिब साढे सात बजेको हो । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी… पुरा पढौ

नेपालका पश्चिम क्षेत्रमा बढी वर्षा, २४ घण्टामा ११ को मृत्यु

काठमाडौँ । केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ । मनसुनजन्य विपद्मा परेर पछिल्लो २४ घण्टामा ११ को मृत्यु भएको, छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । केही दिनदेखि मनसुन नेपालको पश्चिम जिल्लामा सक्रिय छ । कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका… पुरा पढौ

बागलुङको निसीखोलामा र तमान खोलामा पहिरो, तीनको मृत्यु

बागलुङ, १३ साउन । अवी।ल वर्षापछि बागलुङमा सोमबार राती बाढी र पहिरोमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर बिक र १२ वर्षीया छोरी रिता बिकको मृत्यु भएको हो । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् । त्यस्तै निसीखोला गाउँपालिका–१ का कमल परियारको घर पहिरोले पुरेको छ । पहिरोमा परि उनका अन्दाजी ५ वर्षीय छोरा समिर… पुरा पढौ