Author Archive

२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३९४६०

पोखरा, १५ भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज सोमवार संक्रमित हुनेहरुमा ३०३ जना महिला र ५९६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा ७ हजार १ सय २१ सय जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ७ सय १ जना रहेको प्रवक्ता गौतमले बताए… पुरा पढौ

लद्दाखमा फेरि चिनियाँ र भारतीय सेनाबीच झडप

एजेन्सी । चीन र भारतको सीमाक्षेत्र लद्दाखमा दुई देशका सेनाहरुबीच फेरि झडप भएको छ । चिनियाँ सेनाले पूर्वी लद्दाखको सिमानामा भएको सहमति चीनले उल्ल‌ंघन गर्दा समस्या उत्पन्न भएको भारतीय पक्षको दावी छ । भारतीय सूचना विभागले प्रकाशित गरेको विज्ञप्तिमा भारतीय सेनाले आफू संवादमार्फत् शान्ति कायम गराउने पक्षमा भएको तर उक्त क्षेत्रलाई अखण्ड राख्न प्रतिबद्ध भएको उल्लेख छ। चीनका विदेशमन्त्रीले चिनियाँ सेनालले सीमा रेखा पार नगरेको र दुवै देशका सेनाबीच संवाद कायम रहेको बताएको बीबीसीको समाचारमा उल्लेख छ। तर शनिबार र… पुरा पढौ

गण्डकी प्रदेशमा ३ जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा तीन जिल्लाका गरी थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा लमजुङका ८, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गोरखाका २ र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा नवलपुरका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । लमजुङका ८ जना संक्रमित हुनेहरुमध्येमा ३ जना पुरुष जिल्लाको बेसीसहर नगरपालिकामा कार्यरत सुरक्षाकर्मी रहेको निर्देशक शर्माले जानकारी दिए । त्यस्तै नगरपालिका वडा नम्बर ७… पुरा पढौ

पर्यटन बोर्डका प्रमुख डा. रेग्मीको अभिब्यक्तिप्रति युनिट्राभ र टिगानको पनि आपत्ति

पोखरा । पर्यटन बोर्डका प्रमुख डा. धनन्जय रेग्मीले बीबीसी नेपाली सेवामा पर्वतीय पर्यटन मजदुर र व्यवासायीलाई लक्षित गर्दै राखेको अभिव्यक्तिप्रति युनिट्राभ र टिगानले आपत्ति जनाएको छ । भदौ १२ गते बीबीसी नेपाली सेवामा पर्यटनसंग सम्बन्धित विषयमा कुराकानी गर्दा पर्वतीय पर्यटन व्यवसायी तथा मजदुरहरुका बारेमा बोलेका केहि कुराहरुबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी विवादित भएकाहुन। ‘झोलामा कम्पनी बोक्ने, एक घरकाले कम्पनी चलाएर रोजगारी सिर्जना नगर्ने, राज्यलाई कर नतिर्ने, एकदमै सानो क्षेत्र नगन्य योगदान रहेको,’ अभिव्यक्ति रेग्मीले दिएको उनीहरुको… पुरा पढौ

फेवासिटी अस्पतालमा उपचाररत महिलासहित गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि

पोखरा, १५ भदौ । पोखराको फेवासिटी अस्पतालमा उपचाररत लमजुङकी एक महिलासहित गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा तथा भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । आज सोमवार कोरोनाभाइरस संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका ६ का ७३ वर्षीय पुरुष सहित, वडा नम्बर ८ का ५५ वर्षीय तथा वडा नम्बर १५ का ५६ वर्षीय पुरुष गरी… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या अढाई करोड नाघ्यो

पोखरा, १५ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या अढाई करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख २७ हजार २९७ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५९ लाख ९४ हजार ६२४ जना पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३८ लाख ६२ हजार ३११ पुगेको छ भने तेस्रो स्थानमा… पुरा पढौ