Author Archive

२४ घण्टामा एक हजार २२१ जनामा कोरोना संक्रमण

पोखरा, १४ भदौ । पछिल्लो २४ घण्टामा थप एक हजार २ सय २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज आइतबार संक्रमित हुनेहरुमा ३४८ जना महिला र ८७३ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म होम आइसोलेसनमा ६ हजार ९ सय जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना रहेको प्रवक्ता गौतमले बताए… पुरा पढौ

धरानमा कोरोना सङ्क्रमित आमा-छाेराकाे मृत्यु

धरान : कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित रेल्व चोकमा आमा-छोराको मृत्यु भएको छ । उनीहरूको आइतबार उपचारका क्रममा बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा ७४ वर्षीय आमा र ६० वर्षीय छोरा रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। मधुमेह र उच्च रक्तचापका बिरामी रहेका दुबैलाई शनिबार मात्र उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो । एक साता अगाडिबाट अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ… पुरा पढौ

नेपाल पर्यटन बोर्डका सिइओको वक्तव्यप्रति टानले निकाले प्रेस विज्ञप्ति

पोखरा, १४ भदौ । यही भदौ १२ गते शुक्रबार बेलुका बीबीसी नेपाली सेवामा रमा पराजुलीले चलाएको बहस कार्यक्रममा बोलेका केहि अभिव्यक्तिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी विवादमा तानिएका छन् । अधिकृत रेग्मीले पर्वतीय पर्यटन र यससँग आबद्ध हजारौं पदयात्रा तथा हिमाल आरोहणसम्बन्धी व्यवसायी एवम् मजदुरप्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेको, तल्लो स्तरको भाषा प्रयोग भएको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसियन अफ नेपाल (टान)ले आज आइतबार विज्ञप्ति जारी गरेको छ । कोभिड–१९ को संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई… पुरा पढौ

तनहुँ र बागलुङका गरी गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१२३ पुग्यो

पोखरा, १४ भदौ । गण्डकी प्रदेशको बागलुङ र तनहुँका गरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालले आइतबार दोस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार बागलुङका एक स्वास्थ्यकर्मी र एक व्यापारी गरी २ जना र तनहुँको भानु नगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङका का दुई जना र तनहुँ भानु नगरपालिका ६ का ९ जना र भानुकै ७ का १३ जना गरी २२ जनामा… पुरा पढौ

भोज आयोजना गर्ने नै सङ्क्रमित : ७० जनाको स्वाब सङ्कलन

बागलुङ । कोरोना महामारीको कारण यतिबेला अधिकांश सामाजिक कार्य बन्द छन्। समुदायमा कोरोना सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ। तर बागलुङ-१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्डसमेत नअपनाइ भोजको आयोजना गर्दा समुदायमै कोरोना संक्रमण फैलिने आशंका गरिएको छ। कोरोना जोखिमको समयमा छोरीको न्वारनमा एक परिवारले ठूलो जमघट गरी भोज गरेको पाइएको छ । लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै कोरोना सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७०… पुरा पढौ

पोखराका थप ३ सहित प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, १४ भदौ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज आइतबार विहान एक विज्ञप्ति जारी गर्दै ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ७ का ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुष छन् भने ८ का ३८ वर्षीय पुरुष गरी ३ जना रहेका छन् । त्यस्तै भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कावासोती र मध्यविन्दुका १–१ जना महिलामा… पुरा पढौ