Author Archive

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख

पोखरा, ८ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ४२ हजार ७९८ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५७ लाख ४८७ जना पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३६ लाख ५ हजार ७८३ पुगेको छ भने तेस्रो स्थानमा… पुरा पढौ

जापानमा थपिए ७४५ जना संक्रमित, नौ जनाको मृत्यु

सन थापा जापान, अगष्ट २३ । जापानमा आईतबार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जापानभित्र संक्रमित संख्या ६२ हजार ७ सय ९१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६३ हजार ५ सय तीन जना पुगेको छ । त्यसैगरी मृतकको संख्या १ हजार १ सय ९० र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार २ सय तीन जना पुगेको छ । राति ११ बजेसम्म आईचीमा तीन, फुकुओकामा दुई,… पुरा पढौ

गत २४ घण्टामा ३ जनाको संक्रमणबाट मृत्यु, मृतकको कुल संख्या १४९ पुग्यो

पोखरा, ७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेका छन् । हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार… पुरा पढौ

कास्कीमा जारी निषेधाज्ञा पाँच दिन थपियो

पोखरा, ७ भदौ । कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको हो । पोखरा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गते बुधवारदेखि निषेधाज्ञा पाँच दिन जारी गरिएको आज अन्तिम दिनमा पुनः पाँच दिन थप गरेको हो । संक्रमितको संख्या बढिरहेकाले हालको बन्दाबन्दीलाई कायम राख्दा उचित हुने बैठकले निष्कर्ष निकाल्दै बन्दाबन्दीको मोडालिटी भने केही परिवर्तन गरेको छ । अबको निषेधाज्ञाा भने सरकारले तोकेको… पुरा पढौ

२४ घण्टामा ८१८ जना कोरोना संक्रमण, २८१ जना डिस्चार्ज

पोखरा, ७ भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २२० महिला र ५९८ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म १३ हजार १ सय ५५ जना सक्रिय संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

पोखरा, ७ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराका इमर्जेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार ३ः२५ बजे जारी गरेको अध्यावधिक विवरण अनुसार ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । केहिदिन देखि अघिदेखि होटल क्वारेन्टाइनमा रहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको शर्माले जनाए । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय… पुरा पढौ