Author Archive

नवलपुरमा ३ जनामा कोरोना संक्रमण, प्रदेशमा कुल संक्रमितको संख्या १८२१

पोखरा । नवलपुरमा बिहीबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो पटक अध्यावधिक गरेको विवरणअनुसार जिल्लाको गैंडाकोट नगरपालिका २ का ३८ वर्षीय महिला तथा ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही नगरपालिका वडा नम्बर १३ का ५५ वर्षीय १ जना महिलामा पनि कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपुरमा थप ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो । योसँगै गण्डकी प्रदेशमा… पुरा पढौ

पोखरा निषेधाज्ञाको दोस्रो दिन, तीज मनाउन हिँडेकाकोलाई फिर्ता (फोटो फिचर)

पोखरा, ४ भदौ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण पोखरा आज (बिहीबार) दोस्रो दिन पनि बिहानैदेखि सुनसान देखिएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि कास्की जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका लागि निषेधाज्ञा लागू गरेको हो । मंगलवार राति १२ बजदेखि लागू भएको यो निषेधाज्ञा ७ भदौसम्म जारी रहने छ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि पोखरामा मानिसहरुको आवत जावत न्युन छ । मुख्य सडकका चोक तथा भित्री बाटोमा समेत प्रहरीको संख्या बढाइएको छ । सडकमा… पुरा पढौ

पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

पोखरा, ४ भदौ । पोखरा महानगरपालिकाका ५ जनासहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका ५ का २ जना र ८ का १ जना महिला गरी ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।यस्तै तनहुँ जिल्लाको भानु नगरपालिका ६ का १ ३७ वर्षीय पुरुष र वडा नखुलेको २८ वर्षीय अर्का पुरुष गरी २ जना र स्याङ्जाको गल्याङ नगरपालिकाका वडा नखुलेको… पुरा पढौ

लिदी पहिरोः थप ३ शव फेला, ज्यान गुमाउनेको संख्या २८ पुग्यो

गएको शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिराेमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ। योसँगै लिदी पहिरोमा बेपत्ता भएकामध्ये २८ जनाको शव फेला परेको छ। पहिरोमा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए। पछिल्लो पटक एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो। हालसम्म शव… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख

पोखरा, ४ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख ६२ हजार ९४६ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ लाख २५ हजार २३५ पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३४ लाख ७ हजार ३५४ पुगेको छ भने तेस्रो… पुरा पढौ

जापानमा कोरोना संक्रमण दोस्रो छालको बिचमा, बुधबार थपिए १०७२ संक्रमित

सन थापाजापान, अगष्ट १९ । जापानका संक्रामक रोग विज्ञहरूले कोरोना संक्रमण दोस्रो छालको बिचमा रहेको भन्दै अवस्था अझै नराम्रो हुन सक्ने चेतावनी दिएका छन् । संक्रामक रोग एशोशिएसन जापानले बुधबार गरेको बैठकको छलफलमा विज्ञहरूले आपतकालीन अवस्थामा भन्दा संक्रमण दर र गम्भीर बिरामीको संख्या बढेको भन्दै उक्त चेतावनी दिएको हो । संक्रामक रोगविज्ञ काजुहिरो तातेदाले दैनिक संक्रमणको चार्ट अप्रिल, मे महिनामा बढेकोमा अहिले त्योभन्दा उच्च रही दोस्रो छालको विचमा रहेको भन्दै केही महिनापछि अझै नराम्रो अवस्था आउन सक्ने बताए । आर्थिक… पुरा पढौ

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

पोखरा, भदौ ३ गते । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको छ । भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेसँगै प्रेस काउन्सिल वोर्डले आइतबार सर्वोच्च अदालतमा हालेको रीटको सुनुवाई गर्दै सर्वोच्चले सरकारलाई अन्तरिक आदेश दिएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न पनि सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।… पुरा पढौ