Author Archive

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। अहिलेसम्म त्यहाँ ५० हजार ९२१ जनाको मृत्यु भएको भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो १० दिनमा नै १० हजारको मृत्यु भएको छ। भारतमा गत ११ मार्चमा कोरोनाभाइरस संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो। त्यसको ९७ दिनपछि मृतकको संख्या १० हजार पुगेको थियो। त्यसपछि मृत्युदर तीव्र गतिमा बढेर डेढ महिनामै मृतकको संख्या ५० हजार पुगेको हो। अमेरिका र ब्राजिलपछि भारत तेस्रो धेरै संक्रमित भएको… पुरा पढौ

कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १०७ पुग्यो

पोखरा, १ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहट, मोरङ र काठमाडौंका १÷१ जना गरी थप ३ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले बताए । पुरा पढौ

पछिल्लो २४ घण्टामा ५८१ जना कोरोना संक्रमण, १६० जना डिस्चार्ज

पोखरा, १ भदौ । पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म ९ हजार ६ सय ३९ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख २९ हजार ४ सय २७ जनाको… पुरा पढौ

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार बालुवाटारमा छलफल भएको छ । बिहान भएको भेटवार्तामा संवैधानिक निकायमा नियुक्तिबारे छलफल भएको छ । नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुगेका थिए । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार गएको र संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेको जनाइएको छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक… पुरा पढौ

नेकपा अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन

काठमाडौँ, १ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको नेकपा सचिवालय बैठकले गत साउन ३० गते शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन… पुरा पढौ

पोखराका १ सहित गण्डकी प्रदेशमा ४ जनामा कोरोना संक्रमण

पोखरा, १ भदौ । गण्डकी प्रदेशमा तीन जिल्लाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १७३९ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा न. १७ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर बौदीकालि ४ का ३५ वर्षीय पुरुषमा र स्याङ्जा वालिङ नगरपालिकाका १४ का २७ वर्षीय पुरुष र वालिङकै २ की ९ वर्षीया बालिकामा कोरोना संक्रमित… पुरा पढौ