Author Archive

भरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो ।  दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ । पुरा पढौ

हिलो, नदी र आशाबीच ठूलो गाउँसम्म

भोटेकोशीको बाढीले सबैथोक बगाएपछि पनि बाँकी रहेको एउटा कुरा-मानिसको आशा उत्तरगया–३, ठूलो गाउँ, रसुवा । बिहानको उज्यालो राम्ररी फैलिन नपाउँदै ठूलो गाउँमाथिको आकाशमा बादलको बाक्लो तह थियो । केही दिनअघिको वर्षाले बाटो अझै चिसो बनाएको थियो । ठाउँ–ठाउँमा सडकमा जमेको हिलो, कतै पहिरोले खोतलेको भित्तो, कतै भत्किएको सडकको किनारा । गाउँतर्फ जाने बाटोमा गाडीको गति आफैँ सुस्त हुन्थ्यो । कहिले चालकले गाडी रोकेर अगाडिको बाटो नियाल्थे। कहिले टोलीका सदस्यहरू गाडीबाट ओर्लिएर हिलोको अवस्था हेर्थे । राहत सामग्रीले भरिएका सातवटा गाडी… पुरा पढौ

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी । रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पूँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् । पाउद्धारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगारीका लागि दुबईमा बसे । विदेशमा रहँदा सिकेको व्यावसायिक ज्ञान र सीप तथा त्यहाँबाट आर्जन गरेको पूँजीलाई आफ्नै गाउँमा लगानी गर्ने सोच बनाएर उनले भेडापालन सुरु गरेका हुन् । उनलाई सोही ठाउँका कमल मगर र अरुण मगरले साथ दिएका छन् ।… पुरा पढौ

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट । यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो । एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढायो । सरकारको… पुरा पढौ

भोटेकोशी बाढी: फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म नभेटिएपटि उनीहरूका अभिभावकले हिन्दु परम्पराअनुसार कुशको  शव बनाएर अन्तिम संस्कार गरेका हुन् । बेपत्ता हुनुभएका इन्जिनियर दम्पतीका आफन्ती विष्णु शर्माका अनुसार राजेश पौडेल… पुरा पढौ

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन, घर-घरमा पवित्र कुश भित्र्याएर मनाउँदै

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल… पुरा पढौ

नवनियुक्त उद्योग मन्त्री साहद्वारा पद बहाली

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद बहाली गरेका छन्। शपथ लगत्तै आज मन्त्रालय पुगेर मन्त्री शाहले पद बहाली गरेका हुन् । पदभार ग्रहणपछि नवनियुक्त मन्त्री साहले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधानलाई प्राथमिकता दिने बताएका छन्।  समस्या समाधानका उपायबारे मन्त्रालयका कर्मचारी तथा निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर काम अघि बढाउने उनको भनाइ छ। मन्त्रालयले यसअघि ग्यास आपूर्तिमा देखिएको असहजता हटाउन विभिन्न पक्षसँग छलफल गर्दै आएको थियो। मन्त्री साहले समस्याको अवस्था, कारण र मन्त्रालयबाट भइरहेका प्रयासबारे… पुरा पढौ