बैँक / वित्त

नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो । आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ दशमलव ५१ को कारोबार भएको छ । आज व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ… पुरा पढौ

६२ अंकले बढ्यो सेयर बजार

मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । २३६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने २ को स्थिर रहेको छ । पुरा पढौ

सेयर बजार १८.४० अंकले घट्यो

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ। केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । यसदिन ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ लाख ८६४  रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ३ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ४५ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घट्यो । ९ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।… पुरा पढौ

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो दिन सोमबार ४४.२५ अंकले घटेकाे सेयर बजार आज १९.४३ अंकले घटेको हो। त्यसअघि कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७८ अंकले घटेको थियो। सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । यसदिन ३१७ कम्पनीको ७४ लाख  ८८ हजार २७३ कित्ता सेयर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ४ अर्ब ९७ करोड मूल्य बराबरको कारोबार भएको थियो। ३३ कम्पनीको मूल्य बढ्दा २१४… पुरा पढौ

नेप्से परिसूचक ४४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो । आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक हरियो देखिएको छ । बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क एक दशमलव ४१, वित्त एक… पुरा पढौ

कारोबार बढेपनि सेयर बजारका सबै सूचक घटे

नेप्से परिसूचक उच्च अंकले  घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा अडिएको थियो। यसदिन ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ५ अर्ब ७६ करोड २७ लाख १ हजार ११० रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब ६२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स… पुरा पढौ

२.२३ प्रतिशतले बढ्यो सेयर बजार

काठमाडौँ । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६७ हजार ३८२ पटकको कारोबारमा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ५३ हजार कित्ता शेयर… पुरा पढौ