अर्थतन्त्र

मौद्रिक नीति आज आउँदै

काठमाडौं । कोरोना भाइरसका कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित आज चालू आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बिहान ८ बजे बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति स्वीकृत गरेको हो । बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । स्रोतका अनुसार मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिएको छ । कर्जा स्रोत परिचालन अनुपात… पुरा पढौ

गण्डकी प्रदेशको ६३.७१ प्रतिशत बजेट खर्च

Mardi News
माधव पराजुली पाेखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷२०७७ मा कुल बजेटको ६३.७१ प्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फको कुल बजेट १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार मध्ये ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५ सय १२ रुपैँया खर्च भएको छ, भने पुँजीगत तर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेट मध्ये १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार ९ सय ५६ रुपैयाँ खर्च भएको देखिन्छ । कुल बजेटको पुजीँगत… पुरा पढौ

आर्थिक वर्षको अन्तिम दिन १४.९० अंकले बढ्यो नेप्से

आर्थिक वर्ष २०७६/७७ को अन्तिम दिन असार ३१ गते बुधवार नेप्से परिसूचक १४ दशमलव ९० अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ११ प्रतिशत बढेको हो । आर्थिक वर्षको अन्तिम दिन आज नेप्सेले १ हजार ३६२ दशमलव ३४ विन्दु कायम गरेको हो । आज शेयर बजारमा १ अर्ब १६ करोड ४ लाख ९१ हजार बराबरको कारोबार भएको छ । आर्थिक वर्षको अन्तिम दिन १८९ कम्पनीको १५ हजार ८५८ पटकको व्यापारमा ३२ लाख १२ हजार ९२४… पुरा पढौ

धितोपत्र बजारः नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए । कारोबार भएका कूल १२ मध्ये आज पाँच उपसमूहको शेयरमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओलारो लागेको छ । बैंकिङ… पुरा पढौ

सरकारले सार्वजनिक ग¥यो बिजुलीको नयाँ महशुल दर

पोखरा, ३ असार । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिरकणको प्रस्तावलाई केही हेरफेर गरि बिजुलीको नयाँ महशुल दर कायम गरेको छ । आयोगले असार १ गतेदेखि नै लागू हुने गरि बिजुलीको महशुल दर समायोजन गरेको हो । आयोगले घरायसी ग्राहकको विद्युत् महशुल दर साविकको तुलनामा घटाएर समायोजन गरेको छ । आयोगकाअनुसार अब ५ एम्पियर लाइन लिएर मासिक न्यूनतम १० युनिटसम्म खपतगर्ने ग्राहकले निःशुल्क रुपमा बिजुली पाउने छन् । तर उनीहरुले मासिक रू.३० डिमान्ड शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै… पुरा पढौ

गण्डकी प्रदेशको आगामी बजेटको पूर्ण पाठ

अर्थमन्त्री किरण गुरुङले आज सोमबार प्रदेश सभामा प्रस्तुत गरेको आगामी वर्ष २०७७/७८ को बजेटको पूर्ण पाठ ।माननीय सभामुख  महोदय,  विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका बीच गण्डकी प्रदेश सरकारको तर्फबाट म यस गरिमामय सभा समक्ष आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पेश गर्दछु।सर्वप्रथम, लोकतान्त्रिक आन्दोलन, सशस्त्र संघर्ष, परिवर्तन, क्रान्ति, सामाजिक तथा मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने सबै आदरणीय अमर सहिदहरूलाई स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज नेताहरूप्रति हार्दिक सम्मान व्यक्त… पुरा पढौ

गण्डकी प्रदेश सरकारले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३४ अर्ब ८४ करोडको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षकोभन्दा आगमी वर्षको बजेटको आकार केही बढेको छ ।चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो भने आगमी वर्ष २०७७/७८ को लागि ३४ अर्ब ८४ करोड विनियोजन गरेको छ । अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन भएको छ… पुरा पढौ