अर्थतन्त्र

प्रदेश सरकारले सडक तथा पुलको लागि ६ अर्ब १७ करोड विनियोजन

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को सडक तथा पुल निर्माण कार्यक्रमको लागि ६ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको केन्द्र जोड्ने सडक र विभिन्न सडक निर्माण कार्यक्रमलाई निरन्तरता दिंदै ६ अर्ब १७ करोड ३ लाख बजेट विनियोजन गरेको बताए ।त्यस्तै सञ्चालनमा रहेका विभिन्न सडकलाई… पुरा पढौ

गण्डकी प्रदेश सरकारले कृषिको लागि ३ अर्ब १६ करोड विनियोजन

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को भूमिव्यवस्था, कृषि तथा सहकारी क्षेत्र कार्यक्रमको लागि ३ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले एक पालिका, एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिंदै २ अर्ब बजेट विनियोजन गरेको बताए ।त्यस्तै सहकारी, सामुहिक, करार तथा व्यवसायिक खेतीलाई प्रोत्साहन, मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ जस्ता कार्यक्रमलाई निरन्तरता दिंदै ४ करोड २६ बजेट विनियोजन गरेको छ… पुरा पढौ

गण्डकी प्रदेशको कोरोना रोकथाम कोषलाई ६० करोड ४० लाख, व्यवसाय जीवन रक्षा कोषको लागि एक अर्ब

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कोरोना भाइरस रोकथाम कार्यक्रमको लागि ६० करोड ४० लाख बजेट विनियोजन गरेको छ । बजेटमा कोरोना भाइरस रोकथाम कार्यक्रमको लागि ६० करोड ४० लाख विनियोजन भएको छ । सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई जोगाउन, टिकाउन र सुचारु गर्न विशेष कार्यक्रम ‘व्यवसाय जीवन रक्षा कोष’को लागि एक अर्ब विनियोजन गरेको जनाएको छ । पुरा पढौ

सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

काठमाडौँ, ३१ जेठ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ  । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार सार्वजनिक गरिएको स्रोतले उल्लेख गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय… पुरा पढौ

चालू आवको आर्थिक वृद्धिदर १.८ प्रतिशतमात्र : विश्व बैंक

कोरोना महामारी तथा बन्दाबन्दीका कारण नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ मा खुम्चने प्रक्षेपण नेपाल सरकारले गरिरहँदा विश्व बैंकले भने १ दशमलव ८ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गर्दै विश्व बैंकले २०२१ मा नेपालको आर्थिक वृद्धिदरमा सुधार आई २ दशमलव १ मा पुग्ने अनुमान गरेको छ । कोरोनाका कारण औद्योगिक उत्पादन ऋणात्मक रहेको र विश्व निर्यात घट्नुका… पुरा पढौ

चौतर्फ विरोधपछि कर तिर्ने समय असार ७ सम्म बढ्यो

काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ । आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा चौतर्फी आलोचनापछि त्यसलाई बढाएर असार ७ गते पुर्याएको हो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ । सोमबारमात्र विभागले सूचना जारी गर्दै जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो । लकडाउनका अवधिमा पनि कर तिर्नुपर्ने सूचनाका कारण सर्वसाधारण व्यवसायीदेखि… पुरा पढौ

करका लागि ताकेता गर्नु सरकारको गैरजिम्वेवारीपन : नेपाली काँग्रेस

जेठ २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको बताएको छ ।  काँग्रेस संसदीय दलले बुधवार विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ ।          पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई सुरक्षाको प्रत्याभूति… पुरा पढौ