त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालयद्वारा आयोजित प्राध्यापकका लागि क्षमता अभिवृद्धि कार्यक्रमको तेस्रो चरण पोखरामा सम्पन्न भएको छ। यही भाद्र ६ गतेबाट ११ गतेसम्म गण्डकी प्रदेशका शिक्षाशास्त्र संकायमा प्राध्यापन गर्ने १० ओटा क्याम्पसका ३० जना प्राध्यापकलाई आवासीय रूपमा ४० घण्टे कार्यक्रम गरिएको हो। कार्यक्रमलाई १५ /१५ घण्टाका पाँचवटा मोडुलमा आधारित बनाइएको थियो। जस अन्तर्गत सहभागितामूलक र नवप्रवर्तनात्मक पेडागोजी, शिक्षण सिकाइमा मूल्याङ्कन शैली, डिजिटल टेक्नोलोजी र ईलर्निङ पेडागोजी, शिक्षा र समाज केन्द्रित उद्दमशीलता एवम् मौलिक ज्ञानको निर्माण र अनुसन्धान तथा प्रकाशन…
पुरा पढौ