वातावरण

चितवनमा मात्र हालसम्म ३८ प्रजातिका चरा भेटिए

चितवन । जल अर्थात पानीमा आश्रित चराको गणना चितवनमा सुरु भएको छ । प्रत्येक बर्षको जनवरी ४ देखि शुरु हुने चरा गणना यसपटक भने जनवरी ६ देखि मात्र सुरु भएको हो । यो समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । जलपक्षी गणना चितवनको पटिहानी २२ घडगाईदेखि गोलाघाटसम्म, माडीको बगई पुलदेखि रिउ दोभानसम्म ३६ किलोमिटरको क्षेत्रमा गरिएको पश्चिम चितवन क्षेत्र चरा गणनाका संयोजक मनेश कुमार लिम्बुले जानकारी दिएका छन्। जल आश्रित चरा गणना चितवनको नारायणी नदी राप्ती नदी… पुरा पढौ

पोखरा उपत्यकामा जलपन्छी गणना गरिँदै, सरोकारवालाहरु बेखबर

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको वितरण तिनीहरुको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधी गर्न, संरक्षणमा स्थानिय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि सन् २००४ वाट पोखरा उपत्यका गरिँदै आएको जलपन्छीहरुको गणना यहि पौष २२ गते देखि यस वर्षको गणना गरिने भएको छ । पोखरा उपत्यकामा टाइगर माउण्टेन पोखरा लजको अगुवाईमा सन् २००४ देखि गरिदै आएको जलपंछी गणना कार्यक्रममा सन् २००७ वाट चरामा रुची राख्ने केही पथ प्रदर्शकहरु एवं विद्यार्थीहरुको केहि समुह जोडिएका थिए… पुरा पढौ

देशभर आजदेखि एकै साथ जलपन्छी गणना सुरु हुँदै

कञ्चनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना कार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म(पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपन्छीको सङ्ख्या, प्रजाति, वासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणना कार्य हुन लागेको नेपाल पंछीविद संघका वरिष्ठ चरा विद् तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपन्छी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए। उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी… पुरा पढौ

एकै वर्षमा ६३३ प्रजातिका चराको अभिलेख, सञ्जय बने सर्वोकृष्ट

विश्वभरका पंछीहरुका तथ्याङ्कको सुरक्षित भण्डारण, सार्वजनिककरण, पहिचान, बितरण तथा सांङखकिय विवरणहरुको अध्याबधिक राख्ने अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा इ–बर्डका प्रयोगकर्ता मध्ये नेपाल बाट चराहरुको रेकर्ड गर्नेमा भक्तपूर बोडेका सञ्जय था श्रेष्ठ शिर्ष स्थानमा रहेका छन् । श्रेष्ठले वर्ष भरी ६३३ प्रजातिका चराहरुको अभिलेख गरेका छन् । कर्नेल युनिभरसिटी फर अर्निथोलोजी अन्र्तगतको अन्तराष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डमा हरेक दिन प्रयोगकर्ताले आफुले देखेका चराहरुको तथ्याङ्क अपडेट गर्ने गर्दछन् जसलाई समिक्षकहरुले रुजु गरी अपडेट गर्ने गर्दछन् । अघिल्लो… पुरा पढौ

सिचुवानको जहाज र उराठिलो माछापुच्छ्रे

गण्डकी । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुलिन । राष्ट्रिय समाचार समितिका लागि उनले खिचेको उक्त तस्बिरलाई बीबीसीदेखि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेका छन् । कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् । प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिचेकी थिइन् । त्यसअघि चार्टर उडानमार्फत पोखरामा आयोजित दोस्रो… पुरा पढौ

ठूलो बगाले भ्याकुर पूर्वतर्फ विचरण गर्दै, नवलपुरमा अभिलेख

नेपालको पश्चिम तराईमा ठाउँ विशेष स्थानिय रुपमा प्राय भेटिने ठूलो बगाले भ्याकुर मध्य पश्चिमको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नन्द भाउजु उपभोक्ता समिति, मध्यबिन्दु नगरपालिका वडा नं ३ को नारायणी हाइटमा आज विहान अभिलेख गरिएको छ । यस रेकर्ड सँगै यस भ्याकुरको विचरण गर्ने क्षेत्र पूर्वतर्फ सर्दै गरेको छ । बर्डस् नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली एवं सदस्यहरु सोभित के.सि. र चित्र मगरको टोलीले पंछी अवलोकनका क्रममा यस प्रजाति ३ वटाको सख्यामा देखि फोटो सहित अभिलेख गरेका थिए । अंग्रेजीमा… पुरा पढौ

कालोटाउके चित्रकचरी पहिलो पटक चितवनमा अभिलेख

नेपालका लागि विरल तथा अनियमित हिउँदे आगन्तुक चरा कालोटाउके चित्रकचरी चितवन जिल्लाका लागि पहिलो पटक आज पुस ७ गते दिउँसो अभिलेख गरिएको छ । अंग्रेजीमा Brambling भनिने यो प्रजाति सँगै चितवन जिल्लामा पाईने चराको प्रजाति ६६६ पुगेको छ । पंछी अवलोकनका क्रममा पश्चिम चितवनको मेघौली क्षेत्रमा रहेको मेघौली सेराई ताज सफारीका कार्यरत नेचुरलिस्टहरु सन्तोष बस्नेत, अस्बिन गुरुङ, स्वस्तिका र सन्दिप महतोले होटल नजिकै खेतवारीमा उक्त प्रजातिको एक अल्पवयस्कको तस्विर सहित अभिलेख गरेका थिए । अभिलेख पश्चात आजै सोही क्षेत्रमा उक्त… पुरा पढौ