फिचर

पोखराको सुन्दर गहना हिमालयन गल्फ

खेल स्वास्थ्य जीवनको लागि अपरिहार्य छ । तपाई जुनसुकै खेल खेल्नु होस शारीरिक स्वास्थ्यको लागि एकदम उक्तम हुन्छ । धेरै खेलहरूमध्ये एक प्रतिष्ठित गल्फ खेल पनि हो । नेपालमा गल्फ खेल प्रचलनमा आएको धरै समय भएको छैन । परापूर्वकालमा राजामहाराजाका सन्तानले मात्र खेल्ने गरेको गल्फ अहिले नेपालमा पनि मुख्य खेलको रुपमा स्थापित भएको छ । नेपालमा राजधानी बाहेक अन्य पनि केही गल्फ कोर्सहरू छन । ति मध्ये पोखराको एक निजि रूपमा स्थापित हिमालयन गल्फ कोर्स हो । यस हिमालयन गल्फ… पुरा पढौ

पर्वतीय पर्यटन मजदुरहरुको जीविकोपार्जन र रोजगारीको सवालमा युनिट्राभ गण्डकी प्रदेशको धारणा यस्तो आयो

कोभिड–१९ को महामारीको कारण समग्र विश्वकै पर्यटन उद्योगमा नकारात्मक असर परेको सर्बबिदितै छ । नेपालको पर्यटन उद्योग मुलतः सिजनमा आधारित हो । अघिल्लो वर्षको शरद ऋतुसम्म ठिकठिकै चलेको व्यवसाय र त्यसले सिर्जना गर्ने रोजगारी हिउँदमा सुस्ताउने सामान्यनै थियो । त्यस मानेमा विशेषगरि हिमाल, पहाड केन्द्रित पर्यटन व्यवसाय पुस महिनादेखि नै खासै चलायमान नभएको परिवेशमा कोरोना कहरका कारण चैतदेखि ठप्प छ । जसका कारण पर्वतीय पर्यटन मजदुर तथा श्रमिकहरु झन्डै ९ महिना पुर्ण रूपमा बेरोजगार भएका छन । राष्ट्रिय तथा स्थानीय… पुरा पढौ

कोरोना प्रभावित पर्यटन मजदुरलाई ल्याएको रोजगारी कार्यक्रमले झन बढायो आक्रोश

पोखरा । विश्वव्यापी महामारी कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन ब्यबसाय तथा आश्रीत मजदुरहरु नै हुन। साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल लगायतका बुकिङ गर्ने अफिसहरु खुल्न थालेका थिए भने भदौ १ गतेबाट लामो दुरिका बसहरु अनि आन्तरिक उडानहरु सुचारु गर्ने तयारी थियो। नेपालमा आज एकैदिनमा एक हजारभन्दा बढी संक्रमितहरु थपिएकोले स्थिति झन भयावह बन्दैछ। पोखरा, काठमाडौं लगायत थुप्रै ठाउँमा झन्डै कर्फ्यु जतिको कडा लकडाउन शुरु हुने भएकोेले पर्यटन व्यवसाय अँध्यारो अनिश्चिततातर्फ जाने देखिन्छ। ट्रेकिङ र पर्वतारोहण नेपालको पर्यटन क्षेत्रका जिवनरेखा… पुरा पढौ

लोपोन्मुख गुरुङ गीत–संगीतको खोज र संरक्षणमा लाग्दै दम्पत्तिद्वय

आजभोलि नेपाली गीत संगीत र चलचित्र क्षेत्रले उत्साहपूर्वक फडको मारेको छ । हिजो मनोरञ्जनको निम्ति भारतीय गीत, संगीत र सिनेमामा मस्त नेपालीहरू आज आफनै गीत संगीतमा आत्मनिर्भर छ । विगतलाई फर्केर हेर्दा भारतीय चलचित्र र गीत संगीतको नेपालमा साम्राज्य नै थियो । रेडियोमा बिहान, दिउसो र राति हिन्दी सिनेमाका गीतहरू खुबै बज्थ्यो । त्यतिबेला नेपालमा एक दुई नेपाली चलचित्र मात्र निर्माण हुन्थ्यो । नेपालका चलचित्र हलहरूमा भारतीय चलचित्र मात्र धेरै चल्थ्यो । समय र प्रविधिको विकासक्रमसंगै नेपाली चलचित्र र गीत… पुरा पढौ

यसवर्ष लमजुङको दूधपोखरी कुण्ड जानेहरु अत्याधिक

लमजुङ । कहिले उकालो, कहिले सम्म, खोल्सा–खोल्सी, जंगल क्षेत्र, जुकासँग पैंठेजोरी खेलेर लड्दै धेरैजसो उकालो, थोरै सम्म परेको भुभाग पार गर्दै गएपछि हिमालको काखमा कुण्डको दर्शन गर्न पाइन्छ । लमजुङ सदरमुकाम बेसी शहरबाट पैदलयात्रा गरेपछि खर्कमा बास बस्दै लगातार तीन दिनको हिडाइँपछि समुन्द्री सतहदेखि चारहजार ३०० मिटर उचाइमा अवस्थित दूधपोखरी कुण्ड स्पर्स गर्न सकिन्छ । त्यस्तै दूधपोखरी गाउँपालिकाको वडा नं. १ र २ वडा बाट भने दुई दिनको यात्रा पछि दूधपोखरी कुण्ड पुग्न सकिन्छ । हिउँ नपर्ने, जाडो कम हुने… पुरा पढौ

जब चितुवालाई दाम्लोमा बाँधेर हिँडाइयो… (भिडियोसहित)

मंगलबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । र, चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ । फोटो खिच्नेको भीड छ । खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ । पोहोरदेखि तनहुँ जिल्लाका विभिन्न भागका बासिन्दा चितुवाबाट आजित छन् । धेरै जिल्लामा यसको आतंकले घटनाहरु भएका छन् । घरपालुवा पशु चौपाया खाइदिने भएकाले चितुवालाई आतंकमात्रै होइन त्रास बढाउने जन्तुका रूपमा लिने गरिएको छ । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मानिसहरुले ज्यान गुमाएका समाचारहरु आएका छन् ।… पुरा पढौ

चराको बचेराको शिवपुरी–शुक्लाफाँटा हुँदै पोखरामा नाम जुर्यो

पोखरा । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जको कार्यालयमा एकाबिहानै देखिको एउटा चराको बचेरोले चिफवार्डेन डिलबहादुर पुनको ध्यान खिच्यो । कार्यालय भित्रै आएको बचेरो केहि लठ्ठिएको जस्तो देखेपछि घाईते छ कि भनेर ओल्ट्याई पल्टाई गरेपछि अलि तंग्रियो र फुत्त तल झर्यो त्यहिबेला उनले फोटो खिचे । केहिबेरमा अबलोकनका लागी सुरक्षित रुपमा कार्यालय प्रांगणमा राखिएको उक्त बचेरो भुर्र उडि जंगल तर्फ उड्यो । निमेश भरमै उडेको त्यस बचेरो के हो भन्ने तिर उत्त्सुकता जाग्यो र आफ्ना साथी समक्ष म्यासेन्जरमा फोटो पठाएर सोध्न लाग्नु भयो,… पुरा पढौ