समाचार

मनसुनको प्रभाव कायम, आज यी प्रदेशमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना  छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ । मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही  तथा कोशी,… पुरा पढौ

ब्रोड पिक आरोहणका क्रममा निधन भएका पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को पार्थिव शरीर नेपाल ल्याइएको छ। साउन १४ गते भएको हिम पहिरोमा निधन भएका गुरुङको शव बिहीबार साँझ कतार एयरवेजको विमानमार्फत काठमाडौँ ल्याइएको हो।  घटनापछि उद्धार तथा आवश्यक समन्वयका लागि कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान पुगेका थिए। उनी नै गुरुङको पार्थिव शरीर लिएर नेपाल फर्किएका हुन्। पर्वतारोही गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्सालस्थित नेपाल पर्वतारोहण… पुरा पढौ

सेयर बजारमा १३ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा अडिएको हो। बिहीबार कारोबार भएका कम्पनीमध्ये ६४ वटाको सेयर मूल्य वृद्धि भएको छ भने २०२ कम्पनीको मूल्य घटेको छ। यस्तै, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। बजारमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही सुधारिएको छ। बिहीबार कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ रहेको… पुरा पढौ

मर्दी हिमाल पदयात्रामा गएर बेपत्ता भएका तीन युवाको उद्धार

पोखरा । कास्कीको मर्दी हिमाल पदयात्रामा गएर तीन दिनदेखि बेपत्ता भएका तीन जना युवा मोदी खोलाको किनारमा सकुशल फेला परेका छन् । पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ और २३ वर्षका दिपेश गुरुङलाई अन्नपूर्ण गाउँपालिका ११ को छाेमरुङ फेदीस्थित मोदी खोलापारि फेला पारिएको हो । उनीहरुलाई सुरक्षित स्थानमा ल्याउनका लागि सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको थिए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तीन जनालाई सकुशल उद्धार गरी पोखरा ल्याउन लागिएको बताए ।… पुरा पढौ

गोरखामा पहिरोले पेट्रोल पम्पमा क्षति

 गोरखा नगरपालिका-११ बाह्रकिलोमा रहेको पेट्रोल पम्पमा क्षति पुर्‍याएको छ। बिहीबार बिहान गोरखकाली फ्युल सेन्टर पेट्रोल पम्पको पछाडिको भागबाट करिब ५० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोले पेट्रोल पम्पको डिस्पेन्सर मेसिन तथा पार्किङ गरी राखिएका ५ वटा मोटरसाइकलमा क्षति पुर्‍याएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर पहिरोले पुरिएका मोटरसाइकल निकाल्ने तथा पहिरो हटाउने काम भइरहेको बताइएको छ । पुरा पढौ

सुनको मूल्य आठ हजारले बढ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार  कायम भएको छ ।  बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो । पुरा पढौ

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो । निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गतेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने र त्यसका लागि वडास्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन… पुरा पढौ