खेलकुद

आज अन्तर्राष्ट्रिय खेल दिवस

काठमाडौँ । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै छ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्विकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।  संयुक्त राष्ट्रसंघको… पुरा पढौ

‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक छ’- टंकलाल घिसिङ

कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् । सरकारले आगामी वर्ष २०८२/८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उनले उल्लेख गरे । पोखरामा आज खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सदस्यसचिव घिसिङले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिनुलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए । “इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डः अरुणा र विश्वास वर्ष उत्कृट खेलाडी घोषित

पोखरा । नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नवौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा भलिबलकी शाही र अधिकारी वर्ष खेलाडी घोषित भएका हुन्। वर्ष खेलाडी अरुणा र विश्वासले टेलजी इलेक्ट्रिक स्कुटरको साथमा अवार्ड प्राप्त गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको अवार्ड समारोहमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही वर्ष खेलाडी घोषित भइन्। यो विधामा अरुणासँगै आइटिएफ तेक्वान्दो/मुवाथाइकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा… पुरा पढौ

गण्डकी हिरोजले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

दोस्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय पुरुष क्रिकेटको उपाधि गण्डकी हिरोजले जितेको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौँलाई ५ विकेटले हराउँदै गण्डकी हिरोजले उपाधि जितेको हो ।  उपाधि जितेको गण्डकीले १० लाखसहित ट्रफी हार पार्‍यो । फाइनलमा पराजित भएको काठमाडौँले ५ लाखमा चित्त बुझायो । काठमाडौँले दिएको १ सय ८३ रनको लक्ष्य पाएको गण्डकीले १७ ओभर ३ बलमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका वसन्त कार्की… पुरा पढौ

१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार बचत

पोखरा । १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५सय ११ रुपैयाँ बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले गत फागुन ३ गते सम्पन्न गरेको पोखरा म्याराथनबाट ९३ लाख ७० हजार ६ सय ८९ रुपैयाँ आम्दानी गरेकोमा ८१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ खर्च भई १२ लाख २९ हजार ५सय ११ रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । पोखरा म्याराथनको आय–व्यय सार्वजनिक एवं मञ्चको रजत महोत्सवमा आयोजना गर्ने विभिन्न… पुरा पढौ

सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ।  सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजित गरेको हो।  नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो।  नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औँ मिनेटमा गोल गरेका थिए।  मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्।  नेपालले सिंगाापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। १९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लवले जितेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले सर्बाधिक उपाधि बिजेता नेपाल प्रहरीको नेपाल पुलिस क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा पहिलो पटकको सहभागितामै उपाधि जितेर ब्ल्याक बुल्सले ईतिहास रच्न सफल भएको छ । खेलको ४०औं मिनेटमा कप्तान जाखोनगिर अख्मादोभको गोलमा ब्ल्याक बुल्सले पहिलो अग्रता लिएको थियो । ५९औं ब्ल्याक बुल्सका असिलबेक ओरिफजोनोभले गोल गर्दै टोलीको… पुरा पढौ