पर्यटन

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

काठमाडौँ । “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा डाेरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि… पुरा पढौ

माछापुच्छ्रेमा डाँफे मुनाल गणना

पोखरा । जैविक विविधता संरक्षण समाज नेपाल र वल्र्ड फेजेन्ट असोसियसनको संयुक्त आयोजनामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहकार्यमा यही बैशाख ४ गते देखि १८ गतेसम्म कालिज प्रजातीहरु (डाँफे, मुनाल, फोक्रास र प्यूरा) को गणना गरेका छन् । अनुसन्धानकर्ता र सहयोगीहरुसित १९ व्यक्तिहरुको परिचालन गरि अन्नपूर्ण संरक्षण क्षेत्रभित्र रहेको माछापुच्छ्रे गाउपालिकाको पिलिचो, पिपर, खुमई, कोर्चा, लुबु्रचु, चिचिम्ले, डाँफे चौर, हिले, ओदाने लगाएतका बनक्षेत्रमा रहेका कालिज प्रजातीहरु (डाँफे, मुनाल, फोक्रास र प्यूरा) को गणना गरेको हो ।गणनामा डाँफे १४६ वटा, मुनाल १४८,… पुरा पढौ

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडौँस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्य स्थल बनाउन सकिने उनको भनाइ छ । छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपांगता,… पुरा पढौ

सगरमाथा आधारशिविरमा आरोहीको चहलपहल, तेस्रो शिविरसम्म बाटो खुल्यो

काठमाडौँ-  चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।      “सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका… पुरा पढौ

सगरमाथा चढ्ने तयारीमा रहेका असई छत्याललाई प्रधानमन्त्रीले गरे बिदाइ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री ओलीले असई छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन् । यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो । बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए ।… पुरा पढौ

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।  विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार ७४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिए । एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका… पुरा पढौ

पुनहिलमा पर्यटकको घुइँचो (फोटो फिचर)

राउण्ड अन्नपूर्णको प्रमुख आकर्षक गन्तव्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६मा पर्ने पुनहिलमा पर्यटकको घुइँचो लागेको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमश्रृङ्खला र सूर्योदयको दृश्य अवलोकन गर्न आएका पर्यटकको घुइँचो लागेको हो । समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । तस्विरमा हेर्नुहोेसः पुरा पढौ