पर्यटन

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

गण्डकी, १७ पुस । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । “अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ”, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले भने, “पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक… पुरा पढौ

नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी, १७ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिए । “ राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर… पुरा पढौ

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

तनहुँ । बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरू चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन् । त्यही नटबोल्टमा झुन्डिएर आरोहीले चट्टान आरोहण गर्छन् । आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको बिमलनगर सिद्धगुफा… पुरा पढौ

लेक साइडमा सडक महोत्सव, परम्परागत सामग्रीप्रति अवलोकनकर्ता आकर्षित

पोखरा, १४ पुस । यतिबेला अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेक साइडमा रेष्टुरा एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २५औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । ‘सडक मै खाउँ, सडकमै नाचौँ र सडमै रमाउँ’ भन्ने नाराका साथ चलिरहेको महोत्सवमा रैथाने सामग्रीको प्रदर्शनमा नयाँ पुस्ता र पर्यटक आकर्षित भएका छन् । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनको रुपमा ब्राण्ड बन्दै गएको सडक महोत्सवमा मौलिक परम्परागत संस्कृतिलाई आन्तरिक तथा बाह्य पर्यटकले रुचीपूर्वक अवलोकन गरेको बताए । “पाँच दिनमा पाँच लाख… पुरा पढौ

२५ औँ पोखरा सडक महोत्सव सुरु

पोखरा । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ। विगतका वर्षहरुमा जस्तै पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सव सुरु भएको हो। रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरा सडक महोत्सवको २५ औं श्रृंखलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा हरेक वर्ष आयोजना गरिने महोत्सव यसवर्ष पुस १६ गतेसम्म चल्नेछ । महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा… पुरा पढौ

ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

पोखरा । तमुहरूको महान पर्व मुप्ह्रु ल्होसार÷ल्होछारका अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुरुङहरूको सहभागिता एवम् गुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताए । समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

पोखरा । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि थप पहल लिएको हो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११… पुरा पढौ