कोरोना

कोरोना भाइरसको संक्रमणबाट पाँच महिने शिशुको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ५ महिनो शिशुको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ५ महिने शिशुको हिजो बेलुकी मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि हिजो शिशुलाई अस्पताल भर्ना गरिएको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबारै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने शिशुलाई दिमागसम्बन्धी रोगको समस्या थियो । पुरा पढौ

गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६४१५ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा फेरि थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६ जिल्लाका ४० जनामा पोजेटिभ देखिएको हो । पछिल्लो पटक प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार कोरोना पुष्टि हुनेमा पर्वतमा ९, कास्कीमा १४, तनहुँमा ६, बागलुङ १, गोरखा १ र नवलपुरका ९ जना रहेका छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय १५ पुगेको छ । पुरा पढौ

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

पोखरा । नेपालमा कोरोना भाइरसबाट एकलाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार २ सय १५ जना कोरोना निको भएसँगै १ लाख २ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् । प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका छन् । गत २४ घण्टामा देशभर ३ हजार ६ सय ३७ जना संक्रमित भएका छन् भने २१ जनाको मृत्यु भएको प्रवक्ता डा… पुरा पढौ

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्यो

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । देशभर आज थप २१ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ८ सय १२ पुगेको छ । बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो भने मंगलबार ८ जनाको मृत्यु भएको थियो । पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ११ लाख

पोखरा, ६ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ११ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ११ लाख १८ हजार ६४ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८३ लाख ३० हजार ४८४ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख ५१ हजार १०७ पुगेको छ ।… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

पोखरा, ४ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ३ लाख ३३ हजार १४६ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८२ लाख १० हजार ८४९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ ।… पुरा पढौ

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । देशभर आज थप १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७ सय ५७ पुगेको छ । आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो भने शनिवार १२ जनाको मृत्यु भएको थियो । पुरा पढौ