बाढी/पहिरो

पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

मेलम्ची, ९ असार । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् । चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा… पुरा पढौ

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो

पर्वत, ३ असार । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मंगलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए । पहिरोमा परी मृत्यु भएका… पुरा पढौ

पोखरामा लायन्स क्लबको पिस पोस्टर प्रतियोगिता सम्पन्न

मर्दीन्यूज संवाददाता ।: पोखरा, १५ मंसिर । सय वर्षको इतिहास बोकेको अन्तराष्ट्रिय सामाजिक संगठन लायन्स क्लबले विश्वभर आफ्ना शाखाहरुबाट विशेष शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सेवामुलक कामहरु गर्दै आइरहेको छ । संयुक्तराज्य अमेरिकाको सिकागओ ओक बूक इल्लियन्स शहरमा प्रधान कार्यालय रहेको यस संस्थाको विश्वभर करिब चौध लाख जति सदस्य रहेको छ । विश्वरभरी लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई चेतना अभिबृद्धिका लागि ‘शान्तिका लागि पिस पोस्टर प्रतियोगिता’ सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा पोखरामा पनि हालै विभिन्न स्कूलमा लायन्स क्लबबाट अन्तर स्तरीय… पुरा पढौ