दार्चुला, १५ असार । दार्चुलाको नौगाड गाउँपालिकामा नहर भत्किएर पहिरो खस्दा दुई जनाको ज्यान गएको छ, पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार, नौगाड गाउँपालिका वडा नं ४ होपरिगाडमा आइतबार राति नहर भत्किएर घरमा पहिरो खस्दा २५ वर्षीय चन्द्रसिंह महता र उहाँका चार वर्षीय छोरा सुशान्त महताको मृत्यु भएको छ । मृतक चन्द्रसिंह महताकी श्रीमती चनमती महतालाई…
पुरा पढौ