कोरोना

पोखराका २४ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि

पोखरा, २३ असोज । पोखराका २४ जनासहित गण्डकी प्रदेशमा ३५ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शुक्रवार जारी विज्ञप्तिअनुसार कास्कीका २४ जनासहित गण्डकी प्रदेशका ५ जिल्लामा गरी ३५ जना कोरोना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा पद्य नर्सिंङ होमका चिकित्सकसहित कास्कीमा २४, लमजुङका ३, तनहुँका ५ जना, गोरखाका १ र नवलपुरका २ जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५… पुरा पढौ

प्रधानमन्त्रीका तीन जना सल्लाहकार कोरोनामुक्त

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत तीन सल्लाहकारहरूमा देखिएको कोरोना संक्रमण निको भएको छ । रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोनाभाइरस संक्रमण निको भएको हो । प्रेस सल्लाहकार थापाका अनुसार पछिल्लोपटक गरिएको तीनै जना सल्लाहकारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको फेसबुकमार्फत जानकारी गराएको छ । उनीहरूका परिवारका सदस्यको पनि रिपोर्ट नेगेटिभ आएको छ ।थापाले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई र प्रेस सल्लाहकार… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६४ लाख

पोखरा, २३ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ६४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शुक्रवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६४ लाख ३१ हजार २५१ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७६ लाख २६ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख ३५ हजार ६५५ पुगेको छ । तेस्रो स्थानमा रहेको… पुरा पढौ

पोखरामा थप १६ जनामा कोरोना संक्रमण

पोखरा । बिहीबार साँझ पोखरामा १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार पोखराका थप १६ जना र तनहुँमा १ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ९८ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका १६ जना र तनहुँ शुक्लागण्डकीका १ जना गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो । आज मात्रै गण्डकी प्रदेशमा ९७ जनामा कोरोना… पुरा पढौ

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

पोखरा, २२ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । देशभर आज थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५९० पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ८ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ७९ वर्षीया, ललितपुरका ७३ वर्षीया, भक्तपुरका ८३ वर्षीया र सुर्खेतका ८२ वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा सुनसरीका ३९ वर्षीय, धनुषका ७० वर्षीय, काठमाडौंका ५८ र ९१ गरी २ जना, चितवनका… पुरा पढौ

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि

पोखरा, २२ असोज । पोखराका ३ जनासहित गण्डकी प्रदेशमा ३४ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको बिहीबार ३ः५० बजे जारी विज्ञप्तिअनुसार कास्कीका ३ सहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी ३४ जना कोरोना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ३, तनहुँका १, गोरखाका १० र नवलपुरका २० जना गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ८१ पुगेको छ । पुरा पढौ

हालसम्मकै उच्च ४३६४ जनामा कोरोना संक्रमण, २६७५ जना डिस्चार्ज

पोखरा, २२ असोज । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च संक्रमितको संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीवारसम्म होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २६… पुरा पढौ