कोरोना

२४ घण्टामा ७१० जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

पोखरा, ४ पुस । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७८० नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ… पुरा पढौ

गण्डकी प्रदेशमा ४२३ नमूना परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि

पोखरा, ३ पुस । गण्डकी प्रदेशमा मंगलवार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशभर ४ सय २३ नमूना परीक्षण गर्दा ५ जिल्लाका ७१ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा कास्कीका ५५, तनहुँका ६, पर्वतका ५, स्याङ्जाका ३ र म्याग्दीका २ जना रहेका छन् । योसहित गण्डकी प्रदेशमा संक्रमित संख्या १३ हजार ७ सय ३६ पुगेको छ । तीमध्ये ११ हजार ९ सय ५७ जना निको भएका छन् भने १ सय ८७… पुरा पढौ

पछिल्लो चौबीस घण्टामा ७८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

पोखरा, ३ पुस । पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिला गरी ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १७… पुरा पढौ

६५८८ जनाको नमूना परीक्षण गर्दा ७७६ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस… पुरा पढौ

५५५५ नमूना परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या साढे दुई लाख

पोखरा, १ पुस । पछिल्लो २४ घण्टामा ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ५५५ जनाको नमूना परीक्षण गर्दा ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । बुधवारसम्म आइसोलेसनमा ९ हजार ७ सय ५७ जना उपचाररत रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ४७ जना डिस्चार्ज भएका… पुरा पढौ

पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

पोखरा, १ पुस । पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१२ का ८४ वर्षीय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको हो । उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । । उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा महानगरपालिका–१ का ७६ वर्षीय पुरूषको फिस्टेल अस्पतालमा उपचारको क्रममा मंसिर ३० गते राती १०ः२० बजे मृत्यु भएको हो… पुरा पढौ

गण्डकी प्रदेशमा ४३५ नमूना परीक्षण गर्दा १०१ जनामा संक्रमण पुष्टि

पोखरा, ३० मंसिर । गण्डकी प्रदेशमा मंगलवार १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशभर ४ सय ३५ नमूना परीक्षण गर्दा ४ जिल्लाका १०१ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा कास्कीका ७४, लमजुङका १६, तनहुँका ६ र बागलुङका ५ जना रहेका छन् । योसहित गण्डकी प्रदेशमा संक्रमित संख्या १३ हजार ५ सय २२ पुगेको छ । तीमध्ये ११ हजार ७ सय २८ जना निको भएका छन् भने १ सय ८४ जनाको मृत्यु… पुरा पढौ