कोरोना

कोरोना संक्रमणबाट पोखरामा १ को मृत्यु, फेरि ३७ जना थपिए

पोखरा, २२ असोज । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८३ वर्षे वृद्धको आज बिहान मृत्यु भएको हो । १३ असोजमा कोरोना पुष्टि भएपछि उनी केन्द्रको आइसियुमा भर्ना भएका थिए । ती वृद्धमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा फेरि ३७ जना… पुरा पढौ

विश्वमा कोरोना सङ्क्रमण निको हुनेको संख्या साढे दुई करोड नाघ्यो

पोखरा, २२ असोज । विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमण निको हुनेको संख्या साढे करोड नाघेको छ । ३ करोड ६० लाख ६८ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ करोड ५१ लाख २७ हजार २ सय ७१ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सबैभन्दा धेरै निको हुने राष्ट्रको सूचिमा भारत पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । भारतमा हालसम्म ५७ लाख ४४ हजार ६९३ जना कोरोना संक्रमणबाट निको भएको तथ्याङ्क छन् भने ब्राजिलमा ४४ लाख… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख

पोखरा, २२ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख ६८ हजार ९९१ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७५ लाख ४६ हजार ७०६ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५७ हजार १३१ पुगेको छ । तेस्रो… पुरा पढौ

पोखराका १२ सहित गण्डकी प्रदेशमा २६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखराका १२ सहित गण्डकी प्रदेशमा फेरि थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका १२ सहित थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १ पुगको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा तनहुँका ३ जना, कास्कीका १२ जना, गोरखाका २ जना… पुरा पढौ

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

पोखरा, २१ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । देशभर आज थप १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५७८ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन् । मृतकमा महिलामा सिराहाका ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ र ७२ वर्षीया गरी २ जना र दाङका ७१ वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा मोरङका ४० र ६० वर्षीय दुई पुरुष, काठमाडौंका ४५,… पुरा पढौ

एकैदिन ३४३९ जनामा कोरोना संक्रमण, ११२६ जना डिस्चार्ज

पोखरा, २१ असोज । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च संक्रमितको संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा १४ हजार ७ सय ११ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २५… पुरा पढौ

पोखरामा थप ८ जनामा कोरोना संक्रमण

पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा पोखरा महानगरपालिकामा थप ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु पोखरा ८ र १७ मा २/२ जना, पोखरा वडा नं. १२, ३, ९ र ६ जनामा १/१ जनामा गरी ८ जना रहेका छन् । पुरा पढौ