Author Archive

गत २४ घण्टामा १२ जनाको संक्रमणबाट मृत्यु, मृतकको कुल संख्या १९५ पुग्यो

पोखरा, १२ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यो संख्या एकैदिन मृत्यु हुनेमा हालसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुने महिलाहरुमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरका ६४ वर्षीया, मकवानपुरका ७१ वर्षीया गरी ४ महिला रहेको जानकारी दिए ।… पुरा पढौ

थप ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुग्यो

पोखरा, १२ भदौ । पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज शुक्रवार संक्रमित हुनेहरुमा ३३४ जना महिला र ५९३ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा ६ हजार ४ सय ४६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ जना रहेको प्रवक्ता गौतमले बताए ।… पुरा पढौ

शनिवार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो । अध्यक्षद्वयबीच भएको भेटले बैठक सार्ने निर्णय गरेको हो। स्रोतका अनुसार कोरोना महामारीको प्रकोप बढ्दै गएकाले बैठकको मिति सारिएको हो। स्रोतका अनुसार सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित बैठकमा सहभागीलाई कोरोना संक्रमण देखिएकाले सचिवालय बैठक स्थगित भएको हो… पुरा पढौ

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौँ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् । उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्। आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्। Dear friends and well wishers - I have tested positive for corona as per PCR… पुरा पढौ

जापानी प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

टोक्यो । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् । बीबीसीका अनुसार उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित थिए । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ। जापानी सञ्‍जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ । सन् २०१२… पुरा पढौ

पोखरामा बैंकका कर्मचारीसहित थप ११ जनामा कोरोना संक्रमण

पोखरा, १२ भदौ । पोखरा महानगरपालिकामा आज शुक्रवार स्वास्थ्य निर्देशनालयले जारी गरेको तेस्रोपटकको विज्ञप्ति अनुसार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ७ वडाका गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमितहरु पोखरा महानगर १६ का १५ वर्षीया युवती र ३९ वर्षीया महिला तथा ३५ र ४९ वर्षीय पुरुष गरी ४ जना रहेका छन् । त्यस्तै वडा नं. २ का २५… पुरा पढौ