Author Archive

कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव लगिएको छैनः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् । केही अनलाइन सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएको हो । नभएको नियुक्तिका लागि कुलमानलाई बधाईनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ मा सकिँदैछ। उनको पदावधि सकिनै लाग्दा उनलाई फेरि सोही पदमा दोहोर्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार साँझ… पुरा पढौ

जापानमा थपिए ७१६ कोरोना संक्रमित, १४ जनाको मृत्यु

सन थापा, जापान अगष्ट २५, जापानमा मंगलबार ७ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित संख्या ६४ हजार र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६४ हजार ७ सय १२ जना पुगेको छ । राति १० बजेसम्म खानागावा र ओसाकामा तीन–तीन जना,टोकियोमा दुई जना, आईची, फुकुओका, चिबा, ओकिनावा, क्योतो र इबाराकीमा एक–एक जना गरी १४ जनाको मृत्यु भएको छ । मृतकको संख्या १ हजार २ सय १७ र योकोहामास्थित डायमण्ड प्रिन्सेस… पुरा पढौ

गण्डकी प्रदेशका ३ जिल्लामा थप ५ जनामा कोरोना संक्रमण, मनाङमा स्वास्थ्यकर्मी र शिक्षकलाई कोरोना

पोखरा । गण्डकी प्रदेशका ३ जिल्लामा मंगलबार दिउँसो ५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार मनाङमा २, पर्वतमा २ र बागलुङमा थप १ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मनाङको ङिस्याङ गाउँपालिकाका ५१ वर्षे शिक्षक र चामेका ४९ वर्षे स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । यसैगरी पर्वतको फलेवास ७ का २२ वर्षीय पुरुष र ३ का ३५ पुरुष र बागलुङको बागलुङ नगरपालिका ३ की ५४ वर्षीया महिलामा… पुरा पढौ

चिकित्सकलाई छिछिः दुरदुर नगर्न डा. कार्कीको आग्रह

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सकलाई निरुत्साहित नगर्न अपिल गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार कुरा गर्दै अध्यक्ष कार्कीले चिकित्सकलाई घृणा र दुरदुर नगर्न अपिल गरेको हो । उनले कोरोना भाइरसबाट जुनसुकै व्यक्ति पनि संक्रमित हुन सक्ने बताउँदै बिरामी भएपछि अस्पतालमा उपचार गर्ने चिकित्सक नै हुन् भन्ने कुरा नबिर्सन पनि आग्रह गरे । उनले राजधानीलगायत देशका विभिन्न ठाउँमा चिकित्सकविरुद्ध भइरहेको गतिविधिले मनोबल घटाउने हुँदो त्यस्तो कार्य नगरिदिन आग्रह गरे । चिकित्सकविरुद्ध नभई कोभिड… पुरा पढौ

कोरोनाबाट थप ७ जनाको मृत्यु

पोखरा, ९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ। यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।  योसँगै मृतकको कुल संख्या १६४ पुगेको स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

२४ घण्टामा ८५५ जना कोरोना संक्रमण, ३१३ जना डिस्चार्ज

पोखरा, ९ भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म १४ हजार २ सय ५० जना सक्रिय संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख २१ सय ९०१ जनाको पीसीआर… पुरा पढौ