Author Archive

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८९१ पुग्यो

पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा पोखरा महानगरपालिका २९ का एक जना र नवलपुर गैंडाकोट नगरपालिकाका एक जना गरी सोमवार दिउँसो २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा २९ का २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत गरिएको परीक्षणमा नवलपरासी (ब.सु.पू.) जिल्लाको गैंडाकोट नगरपालिका १२ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा (आज… पुरा पढौ

एक महिना पछि खुल्यो बेनी–जोमसोम सडक

बेनी । गत साउन ५ गतेको अविरल वर्षा पछि पूर्ण रुपमा सम्बन्ध विच्छेद भएको हिमालपारीको जिल्ला मुस्ताङ सँग आज दिउँसोबाट सडक सञ्जाल पुनः जेडिएको छ । म्याग्दी र मुस्ताङको सीमानाको काभ्रे भिरको सडक मर्मत गरे सँगै ३४ दिनपछि एकतर्फी यातायाता सञ्चालनमा आएको हो । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना अन्तर्गत बेनी—जोमसोम जोड्ने सडक अन्तर्गत म्याग्दीको भूरुङ तातोपानीदेखि मुस्ताङको कोबाङसम्म ३० भन्दा बढी स्थानमा पहिरोले क्षति पुगेको थियो भने १० स्थानमा बेस सहितै सडक बगेको थियो । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ… पुरा पढौ

गीतकार अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ गीत सार्वजनिक (भिडियोसहित)

पोखरा । सर्जक अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ गीत सार्वजनिक गरिएको छ । सुपर युनिक फिल्मस् ले गीतलाई अगाडि बढाउन आप्mनो युट्युब च्यानलमार्फत यो गीत बाहिर ल्याएको हो । ‘गुराँस झैं फुल्न मन लाग्छ’ शीर्षकको गीतमा बेलमाया गुरुङ र साजन गुरुङ लिडमा छन् । देविमाया गुरुङको स्वर तथा अर्जुन गुरुङको शब्द संगीत रहेको गीतमा कोरियोग्राफी आशिष गुरुङले गरेका छन् । गीतकार अर्जुन गुरुङले यसअघि पनि ‘नैनी ताल’, तपाइँ हाम्रो विश्वास, ‘नरुझ धेरै’, ‘अङ्गालोमा’ र ‘नक्कली’ शीर्षकको गीत बजारमा… पुरा पढौ

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ। निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको समाचार सुनाएका थिए । उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यो विधिको प्रयोगमार्फत् कोरोनाभाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने बताएका छन् ।… पुरा पढौ

तीन सुरक्षाकर्मीसहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा सोमवार बिहान थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितहरुमा नवलपरासी (ब.सु.पू.) जिल्लाको विनयत्रिवेणी १ का ६ वर्षीया बालिकासहित २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यस्तै तनहुँ जिल्लाको व्यास नगरपालिका ५ का २६ वर्षीय पुरुष र शुक्लागण्डकी ४ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको… पुरा पढौ

विश्वमा कोरोना सङ्क्रमण निको हुनेको संख्या डेढ करोड नाघ्यो

पोखरा, ८ भदौ । विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमण निको हुनेको संख्या डेढ करोड नाघेको छ । २ करोड ३३ लाख ४२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १ करोड ५० लाख ५६ हजार १ सय १ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सबैभन्दा धेरै निको हुने राष्ट्रको सूचिमा ब्राजिल पहिलो स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । ब्राजिलमा हालसम्म २९ लाख ४७ हजार ७८४ जना कोरोना संक्रमणबाट निको भएको तथ्याङ्क छन् भने भारतमा २२ लाख… पुरा पढौ