Author Archive

पोखरामा ट्याक्सी चालकलाई कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या १८७९ पुग्यो

पोखरा, ७ भदौ । पोखरा महानगरपालिकामा आज आइतबार दिउँसो थप २ जना कोरोना संक्रमण पुष्टि भएका छन् । आज बिहान मात्रै महानगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखराका २ जनासहित गण्डकी प्रदेशमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । दिउँसो पुष्टि भएका पोखरा महानगरका संक्रमितहरु वडा नंं १६ का रहेका छन् । संक्रमितहरु ३१ वर्षीया महिला र ४० वर्षीय पुरुष रहेका छन् ।… पुरा पढौ

मानिसलाई आक्रमण गर्दा हँसियाले हानेर चितुवा मारियो

लमजुङ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर ६३ वर्षीय हरिबहादुर थापा घाँस काट्न घरबाट निस्कनसाथ चितुवासँग जम्काभेट भयो । आहारा खोज्दै घरतर्फ आइरहेको चितुवाको निशाना थापामाथि पर्‍यो र पहिलो भेटमै चितुवाले थापालाई खेतको गह्रामा हुत्ताइदियो । थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । चितुवाले आक्रमण गर्दा उनको हातमा घाउ लाग्यो । धानबारीमा लडेका थापाले भने हरेस खाएनन् । बरु चितुवाको दोस्रो प्रहार रोक्दै हँसियाले… पुरा पढौ

पोखरामा जारी निषेधाज्ञा ५ दिन लम्ब्याउन सिफारिश

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गते बुधबारबाट जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैछ । कोरोना संक्रमण संख्या बढेसँगै निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा थप्ने वा हटाउने विषयमा आज भएको पोखरा महानगरपालिकाको कोरोना रोकथाम मुल समितिको बैठकले ५ दिन थप गर्ने निर्णय भएको स्रोतले जनाएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतमा भर्खरै सम्पन्न बैठकले निषेधाज्ञा ५ दिन लम्ब्याउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।गत बुधवारदेखि जारी गरिएको निषेधाज्ञा प्रभावकारी भएको निर्णय गर्दै थप ५… पुरा पढौ

अलपत्र नेपाली लिन निगमको जहाज दुबई उड्यो

चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान दुबई उडेको निगमको जहाज आजै दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ। दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो। निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको… पुरा पढौ

पोखरामा थप दुई जनामा कोरोना संक्रमण

पोखरा, ७ भदौ । पोखरा महानगरपालिकामा आज आइतबार बिहानै २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३० र ३२ वर्षीय महिला रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० पुगेको छ । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ । पुरा पढौ

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाको रेकर्डअनुसार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ६९ हजार ८७६ संक्रमित थपिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक हो । भारतको सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो । महाराष्ट्रमा ६ लाख ५७ हजार ४५० जना संक्रमितको पुष्टि भएको छ भने हालसम्म २१ हजार ६९८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दोस्रो प्रभावित राज्यमा तामिलनाडु छन् भने तेस्रोमा आन्ध्राप्रदेश छने… पुरा पढौ

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

पोखरा, ७ भदौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख ३ हजार ३९७ पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा हालसम्म १ लाख ७६ हजार ३४० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख १४ हजार… पुरा पढौ