Author Archive

पछिल्लो २४ घण्टामा ६४१ जना कोरोना संक्रमण, १३४ जना डिस्चार्ज

पोखरा, ३२ साउन । पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म ९ हजार २ सय २१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख १७ हजार ९ सय ७ जनाको… पुरा पढौ

पोखराका १२ सहित गण्डकी प्रदेशमा १४ जनामा कोरोना संक्रमण

पोखरा, ३२ साउन । गण्डकी प्रदेशमा दुई जिल्लाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य निर्देशनालयको आइतबार दिउँसो ३ः५० बजे जारी गरेको अद्यावधिक विवरण अनुसार प्रदेशका २ जिल्लाका १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितहरु कास्की र स्याङ्जा जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं १५, ५, १४, १६ र ७ का १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण… पुरा पढौ

गण्डकी प्रदेशसभा काँग्रेसद्वारा फेरि अबरुद्ध

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको आइतबारको बैठक अवरुद्ध गरेको छ । सरकारले कोरोना नियन्त्रणमा संवेदनशील नभएको र अवस्था भयवह हुने परिस्थिति आएकोले आफूहरुले पटकपटक स्मरण गराउँदा पनि जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । गत असार २३ गते कोरोना नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउँदै संसद सचिवालयमा दर्ता गरेको संकल्प प्रस्ताव प्रतिपक्षबाट भएको भन्दै त्यसलाई फेल गराउने कार्य भएको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बाँडफाँटमा सांसदबीच विभेदपूर्ण व्यवहार भएको कांग्रेसको आरोप… पुरा पढौ

कोरोना कहर, गुम्दै रोजगार

सन थापाजापान, साउन ३२ । गत मार्च महिनामा रोजगार (स्यूउस्योकु) भिसा प्राप्त गरेपछि रितेस (नाम परिवर्तन) फुरङ्ग थिए कि अब बिधार्थी भिसामा हुँदा गरेको संघर्षको अन्त्य र ढुक्कले काम मात्र गर्ने अभिलाषा सहित ।तर उनको यो खुशी २/३ महिनाभन्दा धेरै टिक्न सकेन । यही विचमा कोरोना संक्रमण (कोभिड–१९) विश्वव्यापी रुपमा फैलियो र विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश जापान पनि यसबाट अछुतो रहन सकेन । ओसाकास्थित एक होटलका पूर्णकालीन कामदार रहेका उनले तीन महिना जति तलब सुविधा पाए । त्यसपछि… पुरा पढौ

नेपाल पर्यटन बोर्डले ल्यायो पर्यटन मजदुरलाई रोजगारी कार्यक्रम

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोगमा कोभिड १९ को महामारीको कारण रोजगारी गुमाएका वा दैनिक जीविकोपार्जन गर्न समस्या परेका गण्डकी प्रदेशका पर्यटन मजदुरहरुलाई लक्षित गरि रोजगारी कार्यक्रम ल्याएको छ । जस अन्तर्गत, कास्की जिल्लाको मादी गाउँपालिकामा १०० जना र अन्नपूर्ण गाउँपालिकामा ६० जना मजदुरहरुले रोजगारी पाउने छन। अन्नपूर्ण गाउँपालिकाको अन्नपूर्ण आधार शिबिर पदमार्ग तथा मादी गाउँपालिकाको टोनि हेगेन पदमार्गमा सरसफाइ, पदमार्ग मर्मत तथा ब्यबस्थापन, साइनेज मर्मत तथा व्यवस्थापन, कुलो कुलेसो मर्मत तथा व्यवस्थापन, झाडी तथा झारपात व्यवस्थापन र… पुरा पढौ

पोखरामा फेरि ५ जना कोरोना संक्रमित थपिए, प्रदेशमा कुल संक्रमितको संख्या १७१८ पुग्यो

पोखरा, ३२ साउन । पोखरामा आइतबार फेरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान मात्र पोखरामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा कास्की र तनहुँ जिल्लाका गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य निर्देशनालयको आइतबार बिहान ९ः३० बजे जारी गरेको अद्यावधिक विवरण अनुसार प्रदेशका कास्कीका पोखरा महानगरपालिकाका ५ जनामा र तनहुँका व्यास नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.… पुरा पढौ