Author Archive

नेपाली शिक्षामा सम्मान र अभिमुखीकरण

पोखरा । नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस पोखरामा यहि सोमावार शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम सत्रमा अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई पुष्प गुच्छा, टीका र खादाद्वारा स्वागत गरिएको थियो । कार्यक्रममा विभागका प्राध्यापक डा. रामनाथ ओझाले शिक्षाशास्त्र सङ्कायको सेमेस्टर प्रणालीमा आधारित भई पाठ्यक्रमका उद्देश्य, शिक्षण सिकाइ कार्यकलाप, मूल्याङ्कन शैली लगायतका विषयमा विद्यार्थीहरूलाई अभिमुख गराएका थिए। अन्य सङ्काय र विभागका तुलनामा शिक्षाशास्त्र सङ्काय नेपाली शिक्षाको पाठ्यक्रम प्रायोगिक प्रकृतिको भएकाले यस… पुरा पढौ

नेपालमा “कृष्णवक्ष चाँचर” चराको दोस्रो पटक अभिलेख

कृष्णवक्ष चाँचर चरा आज धरान फरेष्टमा भेटिएको छ जुन नेपालका लागि दोस्रो अभिलेख हो । कोशी प्रदेशको मोरङ र सुनसरी जिल्लामा अवस्थित समुन्द्री सतह वाट १०० देखि १३ सय मिटर सम्म लगभग ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्रका रुपमा वर्डलाईफ ईन्टरनेशनलले पहिचान गरेको नेपालका ४२ वटा क्षेत्रमध्ये एक महत्वपूर्ण वन हो । अंग्रेजीमा Black-breasted Thrush तथा बैज्ञानिक नाम Turdus dissimilis भनिने यस चाँचरलाई पंछीविज्ञहरु हठन चौधरी, गोपी श्रेष्ठ र मनशान्त घिमिरेको टोलीले उक्त वनको पंछी अनुगमनका… पुरा पढौ

पोखरा उपत्यकामा जलपन्छी गणना गरिँदै, सरोकारवालाहरु बेखबर

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको वितरण तिनीहरुको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधी गर्न, संरक्षणमा स्थानिय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि सन् २००४ वाट पोखरा उपत्यका गरिँदै आएको जलपन्छीहरुको गणना यहि पौष २२ गते देखि यस वर्षको गणना गरिने भएको छ । पोखरा उपत्यकामा टाइगर माउण्टेन पोखरा लजको अगुवाईमा सन् २००४ देखि गरिदै आएको जलपंछी गणना कार्यक्रममा सन् २००७ वाट चरामा रुची राख्ने केही पथ प्रदर्शकहरु एवं विद्यार्थीहरुको केहि समुह जोडिएका थिए… पुरा पढौ

एकै वर्षमा ६३३ प्रजातिका चराको अभिलेख, सञ्जय बने सर्वोकृष्ट

विश्वभरका पंछीहरुका तथ्याङ्कको सुरक्षित भण्डारण, सार्वजनिककरण, पहिचान, बितरण तथा सांङखकिय विवरणहरुको अध्याबधिक राख्ने अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा इ–बर्डका प्रयोगकर्ता मध्ये नेपाल बाट चराहरुको रेकर्ड गर्नेमा भक्तपूर बोडेका सञ्जय था श्रेष्ठ शिर्ष स्थानमा रहेका छन् । श्रेष्ठले वर्ष भरी ६३३ प्रजातिका चराहरुको अभिलेख गरेका छन् । कर्नेल युनिभरसिटी फर अर्निथोलोजी अन्र्तगतको अन्तराष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डमा हरेक दिन प्रयोगकर्ताले आफुले देखेका चराहरुको तथ्याङ्क अपडेट गर्ने गर्दछन् जसलाई समिक्षकहरुले रुजु गरी अपडेट गर्ने गर्दछन् । अघिल्लो… पुरा पढौ

ठूलो बगाले भ्याकुर पूर्वतर्फ विचरण गर्दै, नवलपुरमा अभिलेख

नेपालको पश्चिम तराईमा ठाउँ विशेष स्थानिय रुपमा प्राय भेटिने ठूलो बगाले भ्याकुर मध्य पश्चिमको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नन्द भाउजु उपभोक्ता समिति, मध्यबिन्दु नगरपालिका वडा नं ३ को नारायणी हाइटमा आज विहान अभिलेख गरिएको छ । यस रेकर्ड सँगै यस भ्याकुरको विचरण गर्ने क्षेत्र पूर्वतर्फ सर्दै गरेको छ । बर्डस् नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली एवं सदस्यहरु सोभित के.सि. र चित्र मगरको टोलीले पंछी अवलोकनका क्रममा यस प्रजाति ३ वटाको सख्यामा देखि फोटो सहित अभिलेख गरेका थिए । अंग्रेजीमा… पुरा पढौ

कालोटाउके चित्रकचरी पहिलो पटक चितवनमा अभिलेख

नेपालका लागि विरल तथा अनियमित हिउँदे आगन्तुक चरा कालोटाउके चित्रकचरी चितवन जिल्लाका लागि पहिलो पटक आज पुस ७ गते दिउँसो अभिलेख गरिएको छ । अंग्रेजीमा Brambling भनिने यो प्रजाति सँगै चितवन जिल्लामा पाईने चराको प्रजाति ६६६ पुगेको छ । पंछी अवलोकनका क्रममा पश्चिम चितवनको मेघौली क्षेत्रमा रहेको मेघौली सेराई ताज सफारीका कार्यरत नेचुरलिस्टहरु सन्तोष बस्नेत, अस्बिन गुरुङ, स्वस्तिका र सन्दिप महतोले होटल नजिकै खेतवारीमा उक्त प्रजातिको एक अल्पवयस्कको तस्विर सहित अभिलेख गरेका थिए । अभिलेख पश्चात आजै सोही क्षेत्रमा उक्त… पुरा पढौ

सुनौलो सहकारीको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

पोखरा । बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा संम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सोम बहादुर थापाले गरेका थिए भने संस्थाका उपाध्यक्ष एंव कार्यक्रम संयोजक भोज कुमार श्रेष्ठले सहकारी का सात सिद्धान्त बाचन गरि स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । वार्षिक साधारण सभाको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि रवि रमण तिवारी ले एक कार्यक्रमका बीच पानसमा दिप प्रज्वलन गरेर… पुरा पढौ