ताजा समाचार

प्रदेश १ का मुख्यमन्त्री राईले थपे चार राज्यमन्त्री

Mardi News
पोखरा, ५ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार जना राज्यमन्त्री थप गरेका हुन् । रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासले राज्यमन्त्रीको सपथ लिएका छन् । रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरुलाई मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ गराए । पुरा पढौ

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामको भवन सिलान्यास

Mardi News
पोखरा, ५ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीको भवनको सिलान्यास प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल तथा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा गर्नुभयो । कास्की जिल्ला प्रहरी परिसरमा निर्माण हुने भवनको आइतबार वैदिक मन्त्रोच्चारण र पाठसहित सिलान्यास गरिएको हो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले संघीयताको मर्मअनुसार विकासको गति अगाडि बढिरहेको बताउँदै जनताको सुरक्षालाई चुस्त दुरुस्त बनाउन आफुहरु हातेमालो गर्न तयार रहेको कुरा बताउनु भयो । यसै गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वडा प्रहरी कार्यालय वैदामको भवन पनि आजै सिलान्यास… पुरा पढौ

हिमपहिरोमा हराएका पर्यटक भेटिएनन्

Mardi New
पोखरा, ४ माघ । अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका पर्यटकको पहिचान भए पनि उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ । अन्नपूर्ण आधार शिविर जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन विदेशी पर्यटक, नेपाली गाइड र भरियाको खोजीमा समस्या भएको छ । बाक्लो हिउँ र बाटोसमेत बगेकाले समस्या भएको स्थानीयले बताए । अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीको बीचमा पर्ने हिङकुमा आएको हिमपहिरोमा कम्तीमा ३ नेपालीसहित ७ बेपत्ता भएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलका अनुसार, हराउनेमा कोरियाली… पुरा पढौ

अन्नपूर्ण बेसक्याम्पमा हराएका पर्यटकहरुको नामावली र कम्पनी सहित

Mardi News
पोखरा, ४ माघ । बिहीबार र शुक्रबार अत्यधिक हिउँ परेपछि विश्वकै चर्चित अन्नपूर्ण बेस्क्याम्प पुगेका चार पर्यटक र दुई नेपाली हराएका छन्। अन्नपूर्ण आधार शिविर पदमार्गको देउराली नजिकको हिउँपहिरोमा परी हराइरहेका बिदेशी पर्यटनक तथा गाइड अनि सहयोगीहरुको उद्दार कार्य जारी छ । हराईरहेका कोरियन नागरिकहरु (१)लि मीन सु (२)किम सुक जा (३)जियोङ्ग पिल (४) बोङ चोइ ह्यो छन भने नेपाली गाइड / सहयोगी छिरिङ्ग भोटे र मिनबहादुर लामा रहेका छन ! कोरियाली नागरिकहरु काठमाडौं मा रहेको पिक गाइड नेपाल ट्रेक… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, पर्यटक हराएको आशंका

Mardi News
पोखरा, ३ माघ । अन्नपूर्ण आधार शिविर हिँडेका ५ विदेशी पर्यटक सम्पर्क विहीन भएका छन् । चार कोरियाली र एक चिनियाँ पर्यटक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार ९ कोरियाली मध्ये ४ जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ । अन्नपूर्ण पदमार्ग अन्तर्गत देउराली र हिमालय होटलका बीचमा पर्ने हिउँकु केभको पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ । कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार शुक्रबार दिउँसो ती पर्यटक हिमपहिरोमा… पुरा पढौ

होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन

Mardi News
पोखरा, ३ माघ । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो । खगेन्द्रको निमोनियाका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ । खगेन्द्रमा यसअघि स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो बिहीबार मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्षमा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३… पुरा पढौ

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

Mardi News
पोखरा, ३ माघ । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पर्यटक बसमा सवार… पुरा पढौ