ताजा समाचार

‘लकडाउन’का कारण रोकिएका पर्यटकहरुलाई उद्दार गरि पोखरा ल्याइयो

पोखरा, १४ चैत । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न नेपाल लकडाउन गरेपछि राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत कास्कीका विभिन्न ठाउँमा रोकिएको पर्यटकको उद्धार गरिएको छ । विश्वप्रसिद्ध पर्यटक पदमार्ग अन्नपूर्ण क्षेत्र अन्तर्गतको स्याउलिबजार (घान्द्रुक), बिरेठाटी, नयाँपुल, काँडे लगायतका स्थानहरुमा घुम्न गएका विभिन्न मुलुकका पर्यटक तथा गाइड र भरियासमेत गरी ३३ जनालाई उद्दार गरि आज शुक्रवार पोखरा ल्याइएको छ । नेपाल पर्यटन बोर्ड, क्राइसिस रेस्पोन्स टिम, पर्यटन प्रहरी पोखरा, पोखरा पर्यटन परिषद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशलगायतका संस्थाहरुको पहलमा… पुरा पढौ

नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए

पोखरा, १२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । ती युवा खाडी मुलुकबाट आएकाे प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ। नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको… पुरा पढौ

भारत र चीनतर्फका सबै सीमा नाका सात दिनका लागि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, ९ चैत । सरकारले भोलि सोमबार बिहान १० बजेदेखि भारत र चीनसँगको सीमा नाका एक साताका लागि आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो । पुरा पढौ

कोरोना प्रकोपः संक्रमितको संख्या २ लाख भन्दाबढी, निको हुने करिब ८६ हजार

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ भन्दा बढी पुगेको छ । विश्वका १७० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार बिहीबार बिहानसम्म सो रोगको संक्रमणबाट मृत्यु हुनेरुको संख्या (विश्वभर) ८ हजार ९ सय ६१ जना पुगेको छ भने २ लाख १९ हजार ८३ जनामा संक्रमण देखिएको छ । विश्वभर संक्रमितमध्ये ८५ हजार ६७३ जना भने निको भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप… पुरा पढौ

ब्रेकिङ : एसईई परीक्षा स्थगित

काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको जानकारी दिए । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यसैगरी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै बिहीबारदेखि हुने भनिएको एसइई परीक्षा हाललाई स्थगित भएको जनाएका छन्। यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । एसईई परीक्षा… पुरा पढौ

बारपाक सौरपानी दुर्घटनाका चार घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौँ लगियो

पोखरा । गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा मंगलबार बिहान भएको जिप दुर्घटनामा सख्त घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । बिमला गुरुङ (१८), रमा गुरुङ (२०), श्रीमान गुरुङ (३३) र बिनोद गुरुङ (२३)लाई थप उपचारका लागि काठमाण्डौँ रिफर गरिएको प्रहरी निरीक्षक प्रकाश भुषााले बताए । गम्भिर घाईतेहरुको अनुहार र शरीरमा चोट लागेको छ । माउन्टेन एयरको हेलिकप्टरमार्फत ग्रिनसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइते नौ जनालाई भने थप उपचारका लागि गोरखा अस्पताल ल्याइँदै छ । उनीहरुको अवस्था… पुरा पढौ

आठौं सिटी रेवान महोत्सव फागुन २३ गतेदेखि

पोखरा, १३ फागुन । सिटी रेवान पोखराको आयोजनामा ‘आठौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ हुुने भएको छ । सिर्जनाचोकदेखि आलुमाइलाचोकस्थित सडकमा आगामी फागुन २३ देखि २५ गतेसम्म महोत्सव तथा फुड फेस्टिबल गर्न लागेको सिटी रेवान पोखराका महासचिव जीवन दाहालले बताए । महोत्सवमा रेष्टुरेण्ट व्यवसायीको १६ वटा स्टल तथा अन्य स्टल प्रयोजनको लागि १० स्टल गरी कुल २६ स्टल रहने दाहालले बताए । संस्थाले स्थापनाकालदेखि सिटी रेवानमा आबद्ध सदस्यहरुको हित संरक्षण गर्नुका अलावा सामाजिक तथा पर्यटन क्षेत्रमा क्रियाशिल भई समाज… पुरा पढौ