ताजा समाचार

कोरोना भाइरसका बारेमा अमेरिकाले राजनीति गर्दैछः प्रचण्ड

Mardi News
पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका बारेमा अमेरिकालगायत पश्चिमा शक्ति राष्ट्रले राजनीति गरेको आरोप लगाएका छन् । प्रेस संगठन नेपाल, कास्कीको आयोजनामा पोखरामा भएको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले चीनलाई मन नपराएकै कारण अनावश्यक प्रचारप्रसार गरेर वातावारण दूषित बनाएको आरोप लगाए । ‘मैले हिजो यस्तो तर्कमात्र गरेको थिएँ । चीन सरकारले वक्तव्य नै निकालेछ । पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेर अनैतिक काम भएको, गलत ढंगले बढी प्रचार गरियो भनेर… पुरा पढौ

कोरोना भाइरसले भ्रमण वर्षमा केही ठेस् पुर्यायोः प्रचण्ड

Mardi News
पोखरा, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्यटन भ्रमण वर्षलाई कोरोना भाइरसले ठेस पु¥याएको बताएका छन् । पोखरामा नेपाल पर्वतारोहण संघले गरेको तेस्रो विश्वशान्ति पूजाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरोनाले ठेस पु¥याएको बताएका हुन् । ‘भ्रमण वर्षको सुरुवातमै कोरोना भाइरसका कारण केही ठेस पक्कै पनि लागेको छ । तुरुन्तै नियन्त्रणमा आउँछ । चीन सरकारले चमत्कारिक हिसाबले अस्पताल बनाउने र भ्याक्सिन पत्ता लगाउने प्रक्रिया अगाडि… पुरा पढौ

रसुवामा साढे दुई किलो सुन सहित छ जना पक्राउ

Mardi News
काठमाडौं, १३ माघ । प्रहरीले रसुवाको टिमुरेबाट साढे २ किलो सुनसहित छ जनालाई नियन्त्रणमा लिएको छ । ना १ झ ३५४२ नम्बरको टाटा सुमोबाट बरामद सुनसहित उनीहरुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रसुवागढी नजिकै रहेको घट्टेखोलाबाट काठमाडौं जाँदै गरेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रकाउ गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सिन्धुपाल्चोक भोटेकोशीका नोर्बु तामाङ, गाल्जेन शेर्पा, सुपिया लामा, सुवास तामाङ, साङगे शेर्पा र गाडी चालक दोलखा तामाकोशीका तुलानारायण श्रेष्ठ रहेका छन् । प्रहरीले पक्राउ गरेको… पुरा पढौ

जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ : सभामुख सापकोटा

Mardi News
काठमाडौँ, माघ १३ गते । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उहाँले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताउनुभयो । “हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु”, उहाँले भन्नुभयो, “केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम… पुरा पढौ

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

Mardi News
पोखरा, १२ माघ । नेकपाका सांसद अग्नी सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए । नेकपाका उपनेता सुवास नेम्बाङले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए । नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले… पुरा पढौ

सरकारले सूचनाको हक सुनिश्चित गरेको छः आयुक्त गुरुङ

Mardi News
पोखरा, ११ माघ । अहिलेको युग सूचना प्रविधिको भएकाले नेपाल सरकारले पनि सूचनाको हक सुनिश्चित गरेको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले बताएका छन् । शनिबार पोखरामा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १९औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा सो कुरा बताएका हुन् । प्रमुख आयुक्त गुरुङले संविधानले नै सूचना सम्बन्धमा ऐन नियम तर्जुमा गरेको उल्लेख गर्दै त्यसबाट फाइदा लिन आग्रह गरे । प्रमुख अतिथिको आसनबाट बोल्दै आयुक्त गुरुङले प्रतिष्ठानले साँस्कृतिक हिसाबबाट समाज र राज्यप्रति पु¥याएको योगदानको प्रशंसा… पुरा पढौ

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २० को मृत्यु

Mardi News
पोखरा, ११ माघ । टर्कीमा शक्तिशाली भूकम्प जाँदा करिब २० जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी हराइरहेको समाचारमाध्यमले जनाइरहेका छन् भने सयौं घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेट जाँदा ६.८ म्याग्निच्यूडको भूकम्प गएकोे अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ । भूकम्पमा परी करिब… पुरा पढौ