ताजा समाचार

नेपालमा कोरोना भाइरस भेटिएको पुष्टि

Mardi News
पोखरा, १० माघ । नेपालमा कोरोना भाइरस देखिएको छ । चीनबाट नेपाल आएका एक शंकास्पद बिरामीको रगत र र्यालको नमूना विशेष परीक्षणमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘चीनको हुवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो । यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका… पुरा पढौ

विद्या भट्टराई र कृष्ण थापाद्वारा स्थानीय पूर्वाधार विकास कार्यक्रमको विनियोजित रकम सार्वजनिक

Mardi News
पोखरा, १० माघ । कास्कीको निर्वाचन क्षेत्र नं. २ को स्थानीय पूर्वाधार विकास साझेदारी योजना र कास्कीकै क्षेत्र नं. २ ‘१’ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि विनियोजित रकम प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारी र प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी प्रतिनिधि सभा सदस्यको स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गतको रु. ६ करोड र प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २ करोडको योजना छनौट र विनियोजित रकमबारे सार्वजनिक गरेको… पुरा पढौ

अग्‍नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट

Mardi News
पोखरा, १० माघ । सभामुखका एक्ला उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गर्दै शुक्रबार रिट दायर गरेका हुन् । द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गरेका हुन् । उनले रिटमा फौजदरी अभियोगमा मुछिएको व्यक्तिलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका… पुरा पढौ

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

Mardi News
पोखरा, १० माघ । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ । फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस संक्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र चीनमा मात्र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् । त्यसैगरी यसबाट संक्रमित थाइल्याण्डमा ४, हङकङमा २, मकाउमा २, जापान २, भियातनाममा २, ताइवान, दक्षिण कोरिया,… पुरा पढौ

राष्ट्रियसभामा नेकपाका १६ र राजपाका २ निर्वाचित

Mardi News
पोखरा, ९ माघ । संसदको माथिल्लो सदन राष्ट्रिय सभाको १८ सिटका लागि भएको चुनावमा सत्तारूढ नेकपाले १६ सिट हात पारेको छ । नेकपाकै समर्थनमा राष्ट्रिय जनता पार्टीले दुई सिट जितेको छ । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग तालमेल गरी २÷२ सिट बाँडफाँट गरेको थियो । र, नतिजा पनि सोही अनुसार आएको छ । विपक्षी नेपाली कांगे्रसले पूर्वानुमान अनुसार नै एक सीट पनि जितेन । विहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सीट घटेको छ । राष्ट्रिय… पुरा पढौ

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

Mardi News
पोखरा, ९ माघ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार सुर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन् । विहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ मत प्राप्त गरेका छन् । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनः सातै प्रदेशमा मतदान सुरु

Mardi News
पोखरा, ९ माघ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।… पुरा पढौ