बैँक / वित्त

दोहोरो अंकले बढ्यो सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ । यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो । आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो । दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।… पुरा पढौ

३९.९२ अंकले बढ्यो सेयर बजार, नेप्से परिसूचक २६ सय विन्दुमा

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको भयो । लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरै बढेको… पुरा पढौ

नेप्से परिसूचक ९.७८ अंकले बढ्यो

सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो । कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो । चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बन्दिपुर केवलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विकास बैंक… पुरा पढौ

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेको थियो। नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगेको छ। कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भयो । नेप्से घटे पनि  दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भूगोल इनर्जी डेभलपमेन्ट र सागर डिष्टिलरीको… पुरा पढौ

३० अंकले घट्यो सेयर बजार

साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।  नेप्से परिसूच ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा पुगेको छ। ३२३ स्क्रिप्सको १ करोड ६ लाख १९ हजार  १८० कित्ता सेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार  ३२८ रुपैयाँमा कारोबार भयो। सेयर दोहोरो अंकले घटेपनि धर्मखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पुरा पढौ

कृषि विकास बैंकको लाभांश घोषणा

काठमाडौँ । कृषि विकास बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । सञ्चालक समिति बैठकले सेयर धनीका लागि कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभांशमा करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर रहेको छ । बैंकमा नेपाल सरकारको पुँजीमा ६ प्रतिशतले हुने नगद लाभांश पनि प्रदान गर्ने निर्णय गरेको हो । बजारमा हाल बैंकको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ छ । यसैगरी सरकारको अग्राधिकार सेयर पुँजीमा बैंकले वार्षिक ६ प्रतिशत नगद लाभांश दिँदै आएको… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । कारोबार… पुरा पढौ