विजनेश

सुनको मूल्यमा उच्च गिरावट

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ९ सयले घटेर एक लाख ७६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १२५ रुपैयाँले घटेर एक हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम… पुरा पढौ

सुनको भाउमा रेकर्ड क्रम जारी, तोलाको एक लाख ७९ हजार ७ सय

चार दिनदेखि सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज तोलामा एक हजार ८ सय रुपैयाँले बढेर १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा… पुरा पढौ

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । नेपाली बजारमा आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।  त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । प्रतितोला छ सय रुपैयाँले बढेर आज एक लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  गत शुक्रबार बनाएको रेकर्डलाई तोड्दै, सुनको मूल्यले यस दिन पुनः नयाँ रेकर्ड बनाएको हो। शुक्रबार भने सुन प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने घटेको छ। प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज बुधवार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । मंगलबार तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।  त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको थियो । पुरा पढौ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । दुई सय रुपैयाँले घटेर आज तोलामा एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल व्यवसायी महासंघले जनाएको छ । सोमवार एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।  पुरा पढौ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो 

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको १५ रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा २ हजार ४५ रुपैयाँमा कायम भएको थियो । पुरा पढौ