अर्थतन्त्र

विद्युतमा २० प्रतिशत छुट

काठमाडौँ, चैत १५ गते । नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । यो निर्णयबाट नेपाल विद्युत् प्राधिकरणका ३८ लाख उपभोक्ता लाभान्वित हुनेछन् । यसअघि इन्डक्सन प्रयोगकर्ता ग्राहकलाई छुट दिने भनिएकामा सबै गार्हस्थ्य ग्राहकलाई छुट दिने निर्णय प्राधिकरणले गरेको हो… पुरा पढौ

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

पाेखरा । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी रिचार्जमा सत प्रतिशत बोनस दिने भएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि यो अफर लागू हुने जनाएको छ । यो अफर ७ दिनको लागि हुने टेलिकमले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको आधारमा टेलिकमले यो अफर घोषणा गरेको हो । टेलिकमका अनुसार रिचार्ज गर्दा सत प्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ । बोनसबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, डाटा प्रयोग गर्न र एसएमएस पठाउन सकिन्छ । ५० र… पुरा पढौ

इन्धनको मूल्य २ रुपैयाँ घट्यो

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन अनुसार पेट्रोल डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घटाएको छ । एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने यथावत नै छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै सरकारले ‘स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य घटाएको हो । नयाँ मूल्य सोमबार मध्य राती १२ बजेदेखि लागु हुनेछ । नयाँ मूल्यअनुसार अब उपभोक्ताले… पुरा पढौ

तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए

काठमाडौं । पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १ सय २८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी तीन दिनमा वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका हुन् । बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुने भन्दै जनगुनासो बढी रहेको बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट… पुरा पढौ

सुन–चाँदीको मूल्यमा गिरावट, यस्तो छ बजार

पोखरा, ३० फागुन । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रवार ३ हजार रुपैयाँले घटेर तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुनको प्रति तोलाको ८१ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो । यसैगरी गत बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो । यस्तै शुक्रवार तेजाबी सुन तोलाको ७८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा… पुरा पढौ

शेयरबजार रातम्मे, आजको कारोवार बन्द

पोखरा, २७ फागुन । शेयर बजारमा लगातार तेस्रो पटकसम्म ६ प्रतिशतले घटेपछि ब्रेक लागेको छ । कारोबार शुरु भएको एक घण्टा बित्न नपाउदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलो पटक ११ बजेर ५९ मिनेटमा ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको थियो । पहिलो पटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रो पटक पनि १२ः३० मा ५.०२ प्रतिशतले बजार घटेर ४० मिनेटको लागि पुनः ब्रेक लाग्यो । त्यसपछि खुलेको शेयर कारोबार ६ प्रतिशतले घटेपछि तेस्रो पटक ब्रेक लागेको छ । १ बजेर १३… पुरा पढौ

सुनको मुल्यमा अर्को नयाँ रेकर्ड, छापावाला सुन प्रतितोला ८२ हजार ५ सय

पोखरा, १२ फागुन । नेपाली बजारमा छापावाला सुनको मूल्यले नयाँ कीर्तिमानी अंक कायम गरेको छ । नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार शुक्रवार छापावाला सुनको मुल्य प्रतितोला ८२ हजार ५०० रुपैँया पुगेपछि हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । त्यस्तै तेजावी सुनको प्रतितोला मुल्य ८२ हजार २०० मा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदीको मुल्यमा आज १० रुपैया बढ्न गई ८ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली… पुरा पढौ