कोरोना

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलवार बिहानसम्म संक्रमितको संख्या १ करोड ४२ हजार ५० पुगेको हो। कोरोना संक्रमणका कारण हालसम्म अमेरिकामा २ लाख ३८ हजार ९७ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा गत जनवरी २१ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यसपछि ९८ दिनमा अप्रिल २८ मा १० लाख संक्रमित पुगे थियो भने त्यसयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ । पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ८ लाख पुग्यो

पोखरा, २५ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ८ लाख १ हजार ४७१ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४२ हजार ५० जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख ५३ हजार ६५७ पुगेको छ ।… पुरा पढौ

कास्कीका १३० जनासहित गण्डकी प्रदेशमा थप १९७ जनामा कोरोना पुष्टि

पोखरा । कास्कीका १३० जनासहित गण्डकी प्रदेशमा आज १ सय ९७ कोरोना संक्रमित थपिएका छन् । सोमवार प्रदेशका ७ जिल्लामा गरी १ सय ९७ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका १ सय ३०, नवलपुरमा २९, स्याङ्जामा १६, तनहुँमा १४, गोरखामा ४, पर्वतमा ३ र लमजुङमा १ संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५५ पुगेको छ… पुरा पढौ

कोरोना संक्रमणबाट पोखराका चार जनाको मृत्यु

पोखरा । पोखरा महानगरपालिकामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना, मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पतालमा एक/एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । मृतकमा पोखरा –११ का ६० वर्षीय पुरूष, पोखरा–१७ की ७४ वर्षीया महिला, पोखरा–१० का ८६ वर्षीय वृद्ध र पोखरा महानगरपालिकाकै ८२ वर्षीया पुरुष रहेका छन । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या… पुरा पढौ

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

पोखरा, २४ कात्तिक । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय २६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । पुरा पढौ

पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण, १७९८ जना डिस्चार्ज

पोखरा, २४ कात्तिक । पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा २५७१ मा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका हुन् । यससँगै कुल १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएका छन् । देशभर ३६ हजार १ सय ७४ संक्रिय संक्रमित छन् ।… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

पोखरा, २४ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३ लाख १३ हजार ६९४ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६० हजार ९१८ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख ७ हजार ७५४ पुगेको छ ।… पुरा पढौ